नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिएका छन् । स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको शुक्रबार भर्चुअल उद्घाटन गर्दै अध्यक्ष ओलीले साङ्गठनिक अराजकता र दक्षिणपन्थी अवसरवादलाई स्थानीय तहको निर्वाचनमार्फत जवाफ दिनुपर्ने बताए ।
पार्टी केन्द्रीय कार्यालयबाट देशभरका कार्यकर्तालाई सम्बोधन गर्दै २०७९ वैशाख ३० गतेको निर्वाचन एकखालको ‘जनमत सङ्ग्रह’ नै भएको बताए । अध्यक्ष ओलीले भने, “जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय तहको निर्वाचन एकखालको जनमतसङ्ग्रह नै हो। यो निर्वाचनमा एमाले एक्लै लड्छ र जित्छ।”उनले स्थानीय तह लोकतन्त्रको खम्बा भएकाले त्यसलाई बलियो बनाउन एमालेको नेतृत्व स्थापित गर्नुपर्ने बताए । गोरखापत्रमा खबर छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया