नेपालमा पनि ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि

लोकपथ
20.8k
Shares

काठमाडौं । नेपालमा पनि पहिलो ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो बारेमा जानकारी गराएको हो ।

मन्त्रालयका अनुसार ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका अर्का व्यक्तिमा ओमिक्रोन भेरियन्ट देखिएको हो । उनीहरुकाे अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । साथै उनीहरुलाई हालसम्म गम्भीर लक्षण भने नदेखिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै उनीहरुको सम्पर्कमा आएका अन्य व्यक्तिहरुको समेत कन्ट्रयाक ट्रेसिङको काम भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?