गण्डकी प्रदेश : धारा १६८(५) बमोजिम मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

लोकपथ
325
Shares

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् ।

गण्डकीकी प्रदेश प्रमुख सीता पौडेलले नेपालीलाई नेपालको संविधानको धारा १६८(५) बमोजिम नियुक्त गरेकी हुन् ।

मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसेकपछि प्रदेश प्रमुख पौडेलले बहुमतको सरकार गठनका लागि शुक्रवार २४ घण्टाको समय दिँदै आह्वान गरेकी थिइन् ।

त्यससँगै शुक्रवार नै नेपालीलाई मुख्यमन्त्री नियुक्त गर्नका लागि कांग्रेसका १५, माओवादी केन्द्रका ११, जनता समाजवादी पार्टीका २, राष्ट्रिय जनमोर्चाका २ र राजीव गुरुङ (दिपक मनाङे) एक गरि ३१ जनाकाो हस्ताक्षर बुझाएका थिए ।

प्रदेश प्रमुख पौडेलले आफूले तोकेको समयभित्र मुख्यमन्त्री नियुक्त गर्ने बताएकी थिइन् । त्यसै अनुसार आज मुख्यमन्त्रीमा पोखरेललाई नियुक्त गरेकी हुन् ।

संविधानको धारा १६८(३) बमोजिम नियुक्त भएका मुख्यमन्त्री गुरुङले गत बिहीवार प्रदेश सभाबाट विश्वासको मतका लागि आह्वान गरेका थिए । तर उनको पक्षमा कुल उपस्थित ५८ मध्ये २७ मत प्राप्त गरेका थिए । भने उनको विपक्षमा ३० मत परेको थियो । उनकै मन्त्रिमण्डलमा युवा तथा खेलकुद मन्त्री समेत रहेका प्रदेश सभा सदस्य राजिव गुरुङले पनि उनको पक्षमा मतदान गरेका थिएनन् । भने मनाङले बिहीवार रातीनै मन्त्रीपदबाट राजीनामा दिएका थिए । भने शुक्रवार नेपाली नेतृत्वको विपक्षी गठबन्धनको सरकार गठनका लागि हस्ताक्षरसहित उपस्थित भएका थिए ।

यद्यपी गुरुङले पुन मुख्यमन्त्री नियुक्तीको लागि दाबी पेश गरेका थिए । तर उनको दाबी नपुगेको भन्दै प्रदेश प्रमुख पौडेलले नेपालीलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । उनले संवैधानिक प्रावधान अनुसार एक महिना भित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

बहुमतसहित गरिएको दाबीलाई अस्वीकार गरिएको भन्दै विपक्षी गठबन्धनका सांसदहरुले केहिबेर प्रदेश प्रमुखको कार्यालय अघि धर्ना समेत दिएका थिए ।

यी हुन् पोखरेललाई समर्थन गर्ने सांसदहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?