यी हुन् गण्डकीमा सरकार गठनका लागि हस्ताक्षर गर्ने सांसदहरु (नामावलीसहित)

लोकपथ
728
Shares

काठमाडौं । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनले प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका छन् ।

आज गण्डकी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द नेपालीलाई मुख्यमन्त्री चयनका लागि प्रदेश प्रमुख सीता पौडेल समक्ष पत्र बुझाएका छन् ।

जसमा स्वतन्त्र सांसद राजिव गुरुङ (दिपक मनाङे) समेत रहेका छन् । प्रदेश प्रमुख पौडेलले सरकार बनाउन २४ घण्टे आह्वान गरेकी थिइन् । सोही अनुसार नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका सांससहरु प्रदेश प्रमुखको कार्यालय पुगेका हुन् ।

बिहीवार मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले प्रदेश सभामा विश्वासको मत गुमाएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख पौडेलले बहुमतको सरकार गठनका लागि आह्वान गरेकी हुन् । बिहीवार मुख्यमन्त्री गुरुङको पक्षमा २७ र विपक्षमा ३० मत परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?