जसपाको बैठक बस्दै, सत्ता समिकरणका विषयमा एक होला मत ?

काठमाडौं । सत्ता समिकरणमा पक्ष–विपक्षमा विभाजित भएको जनता समाजवादी पार्टी नेपाल (जसपा) ले बैठक बोलाएको छ। बुधवार दिउँसोका लागि पार्टी पदाधिकारी बैठक बोलाइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीइतरको सरकार गठनका लागि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा।बाबुराम भट्टराई लागेका छन् भने अर्का अध्यक्ष महन्थ ठाकुरले तटस्थ बसेर ओलीलाई सघाइरहेका छन् ।

एउटै पार्टी दुईतिर विभाजित बन्दा राजनीतिक संक्रमण झन लम्बिने देखिएकाले सहमति खोज्ने प्रयासस्वरुप पदाधिकारीको बैठक बोलाइएको हो ।

बैठकअघि डा भट्टराईले शुरुमा ठाकुरसँग छलफल गर्ने भएका छन् । स्रोतका अनुसार आज अध्यक्ष ठाकुर र भट्टराईबीच एक बजेबाट छलफल हुँदैछ । दुईजना बीचको छलफल सकिएलगत्तै पदाधिकारीको बैठक बस्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?