कोरोना अपडेट: ११२ जना संक्रमित, ४८ जना निको

काठमाडौँ– मुलुकमा थप ११२ कोभिड–१९ सङ्क्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर तीन हजार ४११ जनाको पिसिआर परीक्षण भएकामा ११२ जनामा कोरोना पुष्टि भएको हो । हालसम्म देशभर कोरोना सङ्क्रमितको कूल सङ्ख्या दुई लाख ७३ हजार ८७२ पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म २१ लाख ५३ हजार ६३६ जनाको पिसिआर परीक्षण गरिएको छ । गत २४ घण्टामा थप ४८ जना सङ्क्रमणमुक्त भएसँगै हालसम्म दुई लाख ७० हजार २२३ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । कोरोना निको भएको दर ९८ दशमलव ७ प्रतिशत रहेको छ । कोरोनाबाट हालसम्म दुई हजार ७६७ जनाएको मृत्यु भएको छ ।