बार्सिलोनाको साँघुरो जित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले साँघुरो जित हात पारेको छ । आइतवार राति भएको खेलमा बार्सिलोनाले हुएस्कामाथि १-० गोल अन्तरको जित हात पारेको हो ।

Image

बार्सिलोनाको जितमा फ्रेन्क डी जोङले निर्णायक गोल गरे । हुएस्काको मैदानमा डी जोङले २७ औं मिनेटमा गोल गरेका थिए ।

घरेलु मैदानको जितसँगै बार्सिलोना तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।

Image

बार्सिलोनाले १६ खेलमा २८ अंक जोडेको छ । हुएस्का १२ अंक जोडेर पुछारमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?