२०७८,श्रावण,१३,बुधबार

डा सुवेदीको ‘भूकम्प सचेतना’ गीत सार्वजनिक (भिडियोसहित)

२०७७,पुष,८,बुधबार १२:५१


सर भूकम्प कसरी आउँछ ?
आजसम्म विज्ञानले पत्ता लाको’ छैन
कहिले आउँछ, कत्रो आउँछ भन्न सकिँदैन
कहाँ आउँछ भूकम्प आउने कारण के हो
धर्तिमुनि चट्टान सर्दा जमीन हल्लिने हो
कखग एबिसी सिके जसरी
सबैले सिक है भूकम्पबाट बच्ने कसरी

लोकसर्जक डा शिव सुवेदीको ‘भूकम्प सचेतना’ गीत सार्वजनिक भएको छ । भूकम्पको जोखिमबाट बच्चे उपायका बारेमा गीतबाट सन्देश दिन खोजिएको छ । गीतमा पशुपति शर्मा र देवी घर्तीले स्वर दिएका छन् । शब्द सङ्कलन सुवेदी तथा सङ्गीत गायक शर्माकै छ ।

पुष्पाञ्जलि म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको गीतलाई शिव सुवेदी युट्युब च्यानलबाट बजारमा ल्याइएको हो । गीतमा केशव बधुले सङ्गीत संयोजन गरेका छन् । भिडियोमा गायक शर्मा, गायिका घर्ती र शेर साउदले अभिनय गरेका छन् भने केहीलाई विद्यार्थीका रुपमा रुपमा देखाइएको छ ।

पहिलो कुरा भूकम्पले मान्छे मार्ने होइन
तर हाम्रो घर भत्किए हामी बाचिँदैन
घर बलियो बनाम अब, जग दरिलो खनम
आफूले बनाम पहिले अरुलाई नि भनम
कखग एबिसी सिके जसरी …

भिडियोमा २०७२ को भूकम्पको दृश्यदेखि धरहरा र अन्य स्थलको पुनःनिमार्णको अवस्थालाई पनि देखाइएको छ । भूकम्पबाट जोगिने विभिन्न उपायमा अधारित गीतसहितको भिडियोले भूकम्पीय जोखिम न्यूनीकरण गर्नमा मद्दत गर्ने देखिन्छ ।

कलाकार सुवेदीले स्विट्जरल्याण्डको युनिभर्सिटी अफ लुजानबाट भूकम्प विज्ञानमा विद्यावारिधि गरेका छन् । सुवेदीले आफ्ना सुपरभाइजर जियोर्ज हेतेनीको आग्रहमा गीत तयार पारिएको बताए । “उहाँ (हेतेनी) ले गत वर्ष पोखरामा भएको एक कार्यक्रममा म कलाकार भएको थाहा पाउनासाथ खुशी हुँदै गीत बनाउन सल्लाह दिनुभयो”, डा सुवेदीले भने, “उहाँकै सल्लाहले मलाई थप ऊर्जा मिल्यो र गीत बनाएँ ।” उहाँले गीतको भिडियो हेर्ने जोकोहीले पनि भूकम्पीय जोखिमका बारेमा आधारभूत शिक्षा लिन सक्ने बताए ।

डा सुवेदीका अधिकांश गीत चर्चामा छन् । उनका ‘घाम जस्तो चम्किलो जून हुँदैन’, ‘भुमरीमा परेँ भने म’, ‘आमा तिम्रो दूधको भारा’, ‘खै हाम्रो दिलमा त घामै लागेन’, ‘कल्पनामै भए नि देख्छु भनेको’ ‘बाँचेको छु धन्न’, ‘आफ्नोपन’ लगायत गीत छन् ।

प्रकाशित मिति: २०७७,पुष,८,बुधबार १२:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोण निकै चर्चामा छिन् उनको फिल्म ‘ॐ शान्ति ॐ’ को इन्ट्रीको लुक्स निकै चर्चामा रहेको

काठमाडौं । भारतको चर्चित डान्स रियालिटी शो सुपर डान्सर च्याप्टर-४ मा शिल्पा शेट्टी जजको रुपमा आवद्ध थिइन् । तर पछिल्लो

काठमाडौं । राज कुन्द्राले पोर्न फिल्म बनाएको र एक एपमार्फत अपलोड गर्नेगरेको घटनामा विभिन्न ट्वीस्ट बाहिर आइरहेका छन् । भारतीय

काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट आफ्नो आगामी फिल्म ‘आर आर आर’ शूटिङमा व्यस्त छिन् । शूटिङमा व्यस्त आलियाले समुन्दी

ताजा समाचार

सप्तरीमा भाइरल ज्वरोका बिरामी बढे
 २०७८,श्रावण,१३,बुधबार २२:५८
लागुऔषधसहित एक युवक पक्राउ
 २०७८,श्रावण,१३,बुधबार २२:४९
महोत्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु
 २०७८,श्रावण,१३,बुधबार २१:४३
जसपा सरकारमा जान केही दिन लाग्ने
 २०७८,श्रावण,१३,बुधबार २०:४४