काठमाडौं । फुटबल जगतको कहिल्यै नसकिने विषयको विवाद हो क्रिस्टियानो रोनाल्डो उत्कृष्ट कि लियोनल मेस्सी ? यी दुई यस्ता स्टार खेलाडी हुन् जसले फुटबल जगतमा विगत एक दशकदेखी राज गरिरहेका छन् ।
रोनाल्डो सन् २००९ मा इङ्लिस क्लब म्याचेस्टर युनाइटेडबाट स्पेनिस क्लब रियल मड्रिडमा आवद्ध भएका थिए । त्यसैबेला अर्को स्टार स्पेनिस क्लब बार्सिलोनाका स्टार मेस्सी पनि त्यतिबेला चर्चामै थिए ।
दुई ठूला प्रतिद्वन्दी स्पेनिस क्लब रियल मड्रिड र बार्सिलोनाका स्टार रोनाल्डो र मेस्सीबीच निक्कै प्रतिस्पर्धा हुन्थ्यो । एल क्लासिकोलाई निकै नै महत्वपूण रुपमा हेरिन्थ्यो, किन भने मेस्सी र रोनाल्डो एल क्लासिकोमा मात्रैसँगै मैदान उत्रिन्थे ।
रियल मड्रिड भर्सेस बार्सिलोना हुँदा मैदान बाहिर समर्थकहरूबीच निकै रोमाञ्चक प्रतिस्पर्धा हुन्थ्यो ।
तर, सन् २०१८ मा रोनाल्डो रियल छाडेर युभेन्टस गएपछि रोनाल्डो र मेस्सीको मैदानमा भेट भएको छैन् । करिब २ वर्षपछि मेसी र रोनाल्डो फेरि एक अर्काविरुद्ध मैदानमा उत्रिँदै छन् ।

आज च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोना र युभेन्टसबीचको खेल हुँदैछ ।
यसअघि अक्टोबर २८ मै बार्सिलोना र युभेन्टसबीच खेल भएको थियो । तर, कोरोना संक्रमणका कारण रोनाल्डो मैदान उत्रेका थिएनन् । उक्त खेलमा बार्सिलोना २–० गोल अन्तरले जित हात पारेको थियो ।
बार्सिलोनाको घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार राति १:४५ मा शुरु हुनेछ । दुवै टिमले यसअघि नै अन्तिम १६ मा स्थान पक्का गरिसकेका छन् ।
बार्सिलोना र युभेन्टसबीचको आजको खेललाई निक्कै महत्वपुण रुपमा हेरिएको छ ।
को हुन मेस्सी ?
लियोनल मेस्सी, फुटबल इतिहासकै सवैभन्दा उत्कृष्ट खेलाडी हुन् । किनभने धेरै मानिसहरु मेस्सीलाई जेनेरेशनको सर्वोकृष्ट खेलाडीको रुपमा लिने गर्छन् । विश्वभरी उनका करोडौ प्रशंसक र समर्थक छन् । फुटबल स्टार लियोनल मेस्सीको जन्म सन् १९८७ को जुन २४ मा अर्जेन्टिनाको रारियो क्षेत्रमा भएको थियो । २००४ मा बार्सिलोनामा आएपछि उनले ९ वटा लिग उपाधि ५ वटा कोपा डेल रे, ७ वटा सुपर कोपा डे इस्पानिया, ४ वटा च्याम्पियन्स लिग, तीनवटा युइएफए सुपर कप र तीनवटा फिफा क्बल वल्र्ड कप उपाधि जितेका छन् । मेसीले ६ वटा बालुन ‘डि’ओर अवार्ड जितेका छन् । उनको नाममा ३९ वटा रेकर्ड दर्ता छन् ।
को हुन रोनाल्डो ?
रोनाल्डोको जन्म पोर्चुगलको फञ्चल, म्याडेइराको एक बस्ती सान्तो आन्तोनियोमा ५ फेब्रुअरी १९८५ मा भएको हो । ७०० भन्दा बढी पटक गोल गरीसकेका रोनाल्डोको पुरा नाम क्रिस्टियानो रोनाल्डो डोस सान्टोस अभेरो हो । उनले आफ्ना जीवनमा धेरै मिठो र लोभलाग्दो सफलता हासिल गरेका छन् ।
रोनाल्डोले यसअघि २००८, २०१३, २०१४ तथा २०१६ र २०१७ मा बालोन डि ओर अवार्ड जितेका छन् । क्रिस्टियानो रोनाल्डोले खेलको १ देखी ९० मिनेटको समयमा सबै मिनेटमा गोल गरेका छन् । रोनाल्डोले २०१४ फेब्रुअरी ११ मा एथ्लेटिको म्याड्रिड विरुद्धको खेलमा सातौँ मिनेटमा गोल गरे पछि सो रेकर्ड बनेको बनाएका हुन् । उक्त रेकर्ड बनाउने उनी संसारकै पहिलो खेलाडी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया