काठमाडौं – मानविय तोडफोडबाट पुगेको क्षति र चोरी भएका संरचना मर्मतसम्भार र रिइन्स्टल गरेसँगै जयनगर – कुर्था रेलमार्ग सञ्चालनको तयारी करिब अन्तिम चरणमा पुगेको छ ।
भारत सरकारको तर्फबाट जयनगर बर्दिबास रेल्वे निर्माणको जिम्मा पाएको इरकनले यी संरचनाको मर्मतको काम पुरा गर्नेबित्तिकै नेपाल सरकारलाई हस्तान्तरण हुनेछ । यसको निम्ति नेपाल रेल्वे कम्पनिका महाप्रबन्धक गुरु भट्टराईको नेतृत्वमा कमिटी गठन गरिएको छ ।
अबको एक महिना भित्रै जयनगर – कुर्था रेल्वे संरचना हस्तान्तरण हुन्छ । नेपाल रेल्वे कम्पनिका महाप्रबन्धक भट्टराईले लोकपथसँग भने, ” निजामति सेवावाट काजमा कर्मचारी व्यवस्था गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।”
उनका अनुसार भारतबाट आउने २६ जना दक्ष जनशक्ति भने भारतको कोनकण रेल्वेले यसै हप्ता प्रस्ताव पठाउँदैछ। प्रस्ताव मुल्यांकन, छलफल र सम्झौता पछी उक्त जनशक्ति नेपाल आउनेछन् ।

यात्रुबाहक रेलसेवा सञ्चालनका लागि भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३४ किलोमिटर लामो रेलमार्गको प्राविधिक तयारी स्ट्याण्डर्ड अपरेटिङ प्रोसुडियरबारे नेपाल–भारत संयुक्त कार्यदलले एक साताअघि चौथो बैठक भिडियो कन्फरेन्समार्फत् छलफल गरेको थियो ।
फोटोमा हेर्नुहोस् यसरी हुँदैछ काम :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया