मास्क लगाइरहँदा अप्ठ्यारो महशुस हुन्छ ? अपनाउनुहोस् यी उपाय 

काठमाडौं – कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमणका कारण विश्व आक्रान्त बनेको छ । कोरोनाको आतंक शुरु भएदेखि नै नेपालमा पनि मास्कको खपत बढ्यो । जब कोरोना भाइरसका कारण विश्व अझ अतंकित बन्दै गयो, मास्कको प्रयोग अझै बढ्दै गयो । नेपालमा पनि अधिकांशले मास्कको प्रयोग गर्न थाले । तर कोरोनाको कहर झण्डै एक वर्ष लामो समय रहेका कारण मास्कको प्रयोग गर्दागर्दै वाक्कदीक्क भएका मानिसहरुले अहिले कोरोनाको डरभन्दापनि मास्क लगाउँदा श्वासप्रश्वासमा समस्या भएको, कान दुखेको, शरीरमा अक्सिजनको मात्रा घटेको भनेर ‘फेस मास्क’ लगाउन अनिवार्य जस्तै बनिसकेको यो समयमा झनै तर्कँदै गएका छन् ।

चिकित्सकले पनि २४ घण्टा नै मास्कको प्रयोग गर्दा फोक्सोमा खतरा हुनसक्ने भन्दै उचित प्रयोगका लागि सावधान रहन सचेत गराउँदै केहि उपाय सुझाएका छन् ।

भारतको मुम्बइस्थित एक अस्पतालमा कार्यरत छाति तथा श्वासप्रश्वास रोग विभागका वरिष्ठ निर्देशक सन्दीप नायर भन्छन् – “आफ्नो र अरुको सुरक्षाका लागि मास्क लगाउन जरुरी त छ तर लगातार मास्क लगाइरहने गर्नाले फोक्सोका लागि ठूलो खतरा हुनसक्छ।”

विशेषज्ञले मास्क लगाएर श्वास फेर्दा हाम्रो फोक्सो र प्रतिरोधी क्षमतामा नराम्रो असर पर्ने बताउँदै थुप्रै रोगहरुको शिकार बन्नसक्ने खतरा औँल्याएका छन् ।

मास्क लगाउनले शरीरमा अक्सिजनको मात्रा केहि कमीहुनछ । कार्बन डाईअक्साइडको मात्रा बढी हुन्छ । त्यसैले हाइपरकेनियाले टाउको दुख्ने र चक्कर लाग्ने जस्ता समस्या बढाइदिनसक्छ । अब के गर्ने त रु कोरोनाको कहरबाट बच्न मास्कको उचित प्रयोग नै पहिलो विकल्प भनिएको छ ।

एक्लै बस्दा मास्क नलगाउने : 
यदी तपाई एक्लै बसिरहनुभएको छ भने मास्क नलगाउँदा नै उत्तम हुन्छ । कोरोनाबाट बच्न सकिने भन्दै लामो समयसम्म लगातार मास्क लगाउँदा हाम्रो शरीरलाई नोक्सान हुनसक्छ । बाहिर निस्कँदा अन्य मानिसको सम्पर्कमा जाँदा, भीडभाड वा संक्रमित व्यक्तिसँग सम्पर्कमा रहँदा अनिवार्य मास्कको प्रयोग गर्नुपर्छ । तर एक्लै बस्दा वा एक्लै सवारी हाँक्दा मास्क लगाउनुपर्दैन ।

मर्निङ वाक वा शारीरिक अभ्यासका बेला पनि मास्क लगाउनु हुँदैन । नाँच्दा वा कुनैपनि खेलकुद गतिविधीमा सामेल भएका बेला मास्क लगाउँदा उल्टै शरीरलाई नोक्सानी हुन्छ । त्यसबखत शरीरलाई अक्सिजनको मात्रा बढी आवश्यक परेको हुन्छ । यदी शरीरलाई पर्याप्त अक्सिजन भएन भने अन्य समस्या आउन सक्छ । रनिङ,जगिङ, व्यायाम, योगाको समयमा पनि कतिपयले मास्कको प्रयोग गर्छन् यो सरासर गलत हो । किनभने त्यस्तो अवस्थामा अक्सीजनको अधिक आवश्यकता पर्छ ।

 कसिलो मास्क नलगाउने : 

सामाजिक सञ्जालमा विभिन्न ट्रोलहरु बनेका छन् – कोरोना सकिएपछि कान जँचाउनुपर्छ भनेर । अर्थात् कोरोना भाइरसबाट बच्न मास्कको प्रयोग गर्न भनियो तर मास्कको प्रयोग कसरी गर्नेबारे केहि पनि भनिएन त्यसैको कारण अधिकांशले मास्कको प्रयोग गर्दा कान पछाडी घाउ बन्ने दुख्ने, गालामा डाम बस्ने उकुसमुकुस हुने हुन्छ । लामो समयसम्म कसिलो मास्क लगाउदा शरीरमा अक्सिजनको मात्रा कम हुनसक्छ । त्यसैले सकभर कसिलो मास्कको सट्टा केही खुकुलो मास्क लगाउनु राम्रो ।

पातलो मास्क लगाउने :

बच्चाका लागि मास्क बनाउदा कटनको /पातलो कपडा राम्रो हुन्छ ।

गहिरो सास फेर्ने अभ्यास गर्ने :

जानकारहरु भन्छन्, “यदि तपाईलाई मास्क लगाउदा सास फेर्न अप्ठ्यारो हुन्छ भने प्रणायाम गर्ने या गहिरो सास फेर्ने अभ्यास गर्नुपर्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?