नेकपा विवाद : ओलीले बालुवाटार बोलाए विवाद समाधानका लागि गठित कार्यदल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाभित्रको विवाद समाधानका लागि गठित कार्यदलसँग छलफल गर्ने भएका छन् ।

पछिल्लो समय नेकपा अध्यक्षद्वयबीचको टकरावका कारण पार्टीभित्रको विवाद एकाएक चुलिएको छ । विवाद समाधानको प्रयास खोजिएपनि कुनै किसिमको निष्कर्ष निस्किएको छैन् । विवाद उत्कर्षमा पुगेका बेला पूर्व एमाले र माओवादी खेमाका नेताहरुको गुटगत भेलाहरु बढि हुन थालेका छन् ।

यसै क्रममा अध्यक्ष ओलीले विवाद समाधान गर्न भदौमा गठन गरिएको ६ सदस्यीय कार्यदलका सदस्यहरुसँग छलफल गर्ने भएका हुन् ।

कार्यदलसँग छलफलका गर्न अध्यक्ष ओलीले सोमवार (आज) दिउँसो १२ बजे सदस्यहरुलाई बालुवाटार बोलाएको स्रोतले जनाएको छ ।

यसअघि आइतवार ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे र रघुजी पन्त लगायतका नेताहरुसँग भेटघाट गरेका थिए ।

पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला नेकपाका अध्यक्षद्वयबीचको विवाद समाधानका लागि गत भदौ ३० गते ६ सदस्यीय कार्यदल गठन भएको थियो ।

अदक्षद्वयले गठन गरेको कार्यदलमा महासचिव विष्णु पौडेलसहित जर्नादन शर्मा, शंकर पोखरेल, भीम रावल, पम्फा भुषाल र सुरेन्द्र पाण्डे रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?