राति अबेरसम्म फोन चलाउने बानी छ ? साबधान !

लोकपथ संवाददाता
13
Shares
A University of Missouri study shows that if your Facebook lurking triggers envy, then depression may follow.

काठमाडौं – बिहान आँखा खुलेदेखि राति ओछ्यानमा नजादाँसम्म गरिने विभिन्न कामको तनावले गर्दा हाम्रो शरीर मात्रै होईन मस्तिष्क पनि थकित हुन्छ । यस्तो बेला हाम्रो मस्तिष्कलाई पर्याप्त आरामको जरुरत पर्दछ । खानपान सकेपछि करिब १ घण्टापछि जब तपाई ओछ्यानमा निन्द्राको लागि जानुहुन्छ, तब मोबाईलमा झुण्डिने बानी छ भने तपाईको मष्तिष्कलाई त्यसले असर गर्छ ।

Evidence Supports Link Between Breast Cancer, Light Exposure at Night -  UConn Today

त्यसैले पनि राति मोबाईल चलाउनु स्वास्थ्यका हिसाबले राम्रो हुन्न । मष्तिष्कलाई राम्रो बनाउनको लागि यी कुराहरु अपनाउनुपर्छ ।

नियमित ब्रेकफास्ट गर्ने बानी बसाल्ने  : ब्रेकफास्ट गर्नु फेसन वा पश्चिमा संस्कृति होईन । यो केवल तपाईको शरीरका लागि हो । तपाईको मष्तिष्कको लागि ब्रेकफास्ट अनिवार्य गर्नुपर्छ । कार्यव्यस्तता, पैसा अभाव, समय अभाव देखाउँदै धेरै नेपालीहरुले ब्रेकफास्ट गर्न बिर्सिरहेका हुन्छन् । वा ईग्नोर गर्छन् । तर यदि मोटोपन घटाउने हो भने तपाईंले हरेक दिन ‘हलुका’ ब्रेकफास्ट गर्नुपर्छ । यसो गर्दा बिहानको खाना थोरै र ढिला खाइन्छ । यसले मोटोपन घटाउन मदत गर्छ । ब्रेकफास्ट गर्दा सोच्ने क्षमतामा समेत वृद्धि हुन्छ । मष्तिष्क खुल्ला हुन्छ ।

योजनाबद्ध र सेड्युलमा चल्ने : व्यस्त जीवनशैली र साथीसँगतका कारण मानिसहरु आफैँले बनाएको सेड्युल समेत ‘फलो’ गर्न सक्दैनन् । अरुको भरमा चल्नेहरुले ‘जीवनलाई खुल्ला आकाशमा उडेको पन्छीजस्तो छोड्नुपर्छ/नियम कानूनमा सधै बाध्ने योजनामा मात्रै चलाउने गर्नुहुन्न’भन्दछन् । तर यो सरासर गलत धारणा हो ।

जीवनलाई केहि न्यूनतम नियममा बाँधेको राम्रो । कहिले अबेरसम्म बस्ने त कहिले चाँडै सुत्ने, कहिले सबेरै उठ्ने कहिले दिनभर सुत्ने । यो सबै आदतहरु नराम्रो बानीमा गनिन्छन् । मस्तिष्कको आरामको लागि पनि केहि नराम्रा आनीबानी बदल्नुपर्ने चिकित्सकको मत छ ।

ढिलासम्म मोबाइल वा कम्प्युटर चलाउने बानीले तपाईंको आँखामा समेत असर पर्छ । नकारात्मक सोँच, चिन्ता, मुडअफ, दिक्क लाग्ने एन्जाईटी हुनेजस्ता समस्या पनि देखिन सक्छ ।

कम्प्युटर चलाउँदा र टिभी हेर्दा यदि खानेकुरा खाने बानी छ भने हटाउनुहोस् । यस्तो गर्दै खाना खाँदा धेरै खाईन्छ । कतिपय अवस्थामा मस्तिष्कमा नकारात्मक असर समेत पर्दछ । त्यसमाथि रातको खाना ६ वा ७ बजेसम्म खाईसक्नु राम्रो हुन्छ ।

धुम्रपान मस्तिष्कका लागि हानिकारक हुन्छ । धुम्रपान गर्दा अल्जाइमर, डिमेन्सिया,बे्रनस्ट्रोक हुने सम्भावना रहन्छ । त्यसैले धुम्रपान गर्नुहुँदैन । हुन त यस सम्बन्धमा पियक्कड मानिसका आफ्नै लजिकहरु छन् तर चिकित्सकका अनुसार रातमा धुमपान गर्दा मष्तिष्कलाई समेत असर गर्न सक्छ ।

सदैव सकारात्मक सोँच कायम राख्नुपर्छ ।

यसअघि प्रकाशित यो समाचार पनि पढ्नुहोस् : 
सावधान ! राति निन्द्रा नलाग्नुको एउटा कारण यस्तो पनि हुनसक्छ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?