काठमाडौं – साझा यातायातले लामो दुरीमा पनि बस सेवा सञ्चालन गर्ने निर्णय लिएको छ ।
भोली (बुधबार)देखि साझाले लामो दुरीमा पनि बस सञ्चालन गर्न लागेको निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए।
उनकाअनुसार काठमाडौं–पोखरा–कुस्मा–बागलुङ र काठमाडौ–बुटवल–भैरहवा–सुनौली रुटमा बस सञ्चालन हुनेछ ।
हाल कोरोना जोखिम नघटेको कारण सरकारले काठमाडौं उपत्यका काठमाडौं भक्रपुर र ललितपुर मा जोर बिजोर प्रणाली कायमै राखेको छ भने गत असोज १ गतेबाट लामो दूरीको सवारी साधन सञ्चालनमा आएको छ । साझाले उपत्यकामा आफ्नो सेवा दिईरहेको छ । तर कोरोना भाइरस ‘कोभिड- १९’ संक्रमणबाट बच्न बसमा यात्रा गर्ने हरेकले यो नियम पालना गर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया