आज के भयो सुनचाँदीको मूल्य ?

लोकपथ
238
Shares

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सुनको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।

हिजो आइतबार २ लाख ९४ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ८ सयले बढेर २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँले घटेको हो ।

आइतबार ५ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले घटेर ५ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?