मर्यादित भएर गतिविधि गर्न सांसदहरुलाई सभामुख अर्यालको निर्देशन

लोकपथ
42
Shares

काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले मर्यादित भएर आफ्ना गतिविधि गर्न सांसदहरुलाईं निर्देशन  दिएका छन् । 

सोमबार प्रतिनिधि सभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले पर्चासहित सरकारको विरोध गर्दै केही बेर उठेर मौन प्रदर्शन गरेपछि उनले त्यस्ता खालका गतिविधि संसदीय मर्यादाविपरित रहेकाले नगर्न सांसदहरुलाई सचेत  गराएका हुन् । 

उनले भने,‘संसद् कानुन निर्माण गर्ने महत्त्वपूर्ण थलो हो । त्यसकारणले विरोध गर्ने विभिन्न शैलीहरू हुन्छन् । तर मर्यादामा बसेर विरोध गर्नुपर्ने हुन्छ । मर्यादामा रहेर विरोध गर्न म यहाँहरुलाई यो आदेशकै रूपमा लिइदिन जानकारी गराउँदछु ।’

अहिले पनि सो पार्टीका सांसदहरूले घाटीमा सरकारको विरोधमा लेखिएको पर्चा झुन्ड्याएर बैठकमा सहभागी  भएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?