जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सांसदहरुलाई तत्काल उपलब्ध गराइयोस् : अर्जुननरसिंह केसी

लोकपथ
35
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रसका नेता अर्जुननरसिंह केसीले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा शून्य समय लिएर बोल्दै उनले सो आयोगको प्रतिवेदन अझै औपचारिक रूपमा सरकारले सार्वजनिक नगरेकोमा आपत्ति जनाएका हुन् ।

उनले सो प्रतिवेदन सबै सांसदहरुलाई उपलब्ध गराउन पनि सरकारलाई सचेत गराएका छन् ।

नेता केसीले भने, ‘भाद्र २३ र २४ को नरसंहार र विध्वंसको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन बुझाई सकिएको छ । तर उक्त दस्ताबेज अझै औपचारिक रूपमा सार्वजनिक गरिएको छैन । तसर्थ त्यसलाई तत्काल सार्वजनिक गर्दै माननीय सदस्यहरूलाई उपलब्ध गराइयोस् भन्ने माग गर्दछु ।’

उक्त आयोगको प्रतिवेदन कार्यान्वयनमा नआएको पनि सांसदहरुको आपत्ति छ । नेता केसीले सरकारले त्यस्ता आयोगहरुको प्रतिवेदन सार्वजनिक गर्ने कुरामा ढिलाइ गर्न नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?