भक्तपुर विभत्स घटना ‘हत्या’ नै हो त ? ‘फरेन्सिक विज्ञ’ पुगे घटनास्थल (तस्वीरसहित)

काठमाडौं । भक्तपुर, मध्यपुर थिमि नगरपालिका – ९ निकोसेरामा भएको विभत्स घटनाले यतिबेला सबैको ध्यान तानेको छ । एकै परिवारका ३ सदस्यको शव सडिसकेको अवस्थामा विभत्स रुपमा भेटिनु, घरमा पालेको सेतो रङको कुकुर समेत मृत अवस्थामा फेला परेको सो घटनामा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।

सडकछेउमा रहेको उक्त घरमा विभत्स दृश्य देखेका जनप्रतिनीधि र छिमेकीले हत्याका आशंका गरेका छन् । सत्यतथ्य पत्ता लगाउन ‘फरेन्सीक विज्ञ’को टोली घटनास्थल पुगेको छ । प्रहरीले घटनास्थल ‘सिल’ गरेर ‘सस्पेक्ट’ गरेको छ ।

मृतकका भाईले बताएको क्राइम सिन यस्तो छ :

मृतक सुदीप अधिकारीको मोटरसाईकलमाथि घरको साँचो राखिएको अवस्थामा फेला परेको छ । घरको मूल ढोका आधा खुल्ला आधा बन्द भएको अवस्थामा थियो । अन्य सबै कोठाको चुकुल खुल्लै रहेको अवस्थामा फेला परेको थियो ।

घरबाहिरै केहि गन्ध आएजस्तो लागेपछि घरभित्र प्रवेश गरेका उनले क्रमशः घरमा पालिएको सेतो रङको कुकुर, आफ्नो भाउजू सम्झना अधिकारी, दाजु सुदीप अधिकारी र भतिजाको मृत शरीर देखेपछि प्रहरीलाई खबर गरेका थिए । अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिपक थापाले दिएको जानकारी अनुसार सडेको अवस्थामा शवहरु छन् । खाटमा नै लडेको एउटा शव रगताम्ये देखिन्छ भने भित्तामा पनि रगत लतपतिएको छ ।

घरको दोस्रो तल्लामा सम्झना अधिकारी र कुकुरको शव, तेस्रो तलामा छोरा सुशान्त अधिकारीको शव र त्यसभन्दा माथिल्लो तलामा बुबा सुदिप अधिकारीको शव भेटिएको थियो । आमा छोराको शव गन्हाउन लागेको अवस्थामा भेटिएको कारण घटना केही दिन अघि भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

के भन्छन् घटनास्थलमा खटिएका प्रहरी ? 

घटना कस्ले, किन र कहिले गरेको हो भन्नेबारे अनुसन्धान भइरहेकोले हत्या वा मृत्यु भन्नेबारे अहिल्यै केहि भनन नसकिने अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिपक थापाले लोकपथलाई जानकारी दिए ।

के भन्छन् छिमेकी ?
सनसनीपूर्ण खबर थाहा पाएपछि राष्ट्रिय समाचार समिती (रासस)सँग कुराकानीका क्रममा मृतकका छिमेकी लक्ष्मी लामाले मृतकले सञ्चालन गरेको पसल केहि दिनदेखि बन्द रहेको र लकडाउनका कारण नखोलेको होला भन्ने लागेको बताएकी छिन् ।

त्यस्तै अर्का एकजना छिमेकीले मृतकको घरमा श्रीमान् श्रीमतीका बीचमा दिनहुँजसो झगडा पर्ने गरेको बताएका छन् ।

जनप्रतिनीधिले घटना मृत्यु वा हत्या बारेमा अनुसन्धान भइरहेको र आफूलाई केहिदिनअघि नै घटना भएको जस्तो लागेको प्रतिक्रिया दिएका छन् ।

मृत अवस्थामा भेटिएकी महिलाको शव खाटमा लमतन्न अवस्थामा देखिन्छ । उनको शरिरभरि रगत लागेको र पिडौलामा केही खत जस्तो र शरिर गलेको देखिन्छ ।

त्यस्तै मृत अवस्थामा भेटिएको उनका छोराको शव ढोकामा लमतन्न अवस्थामा भेटिएको छ ।

मृत अवस्थामा भेटिएको सेतो रङको कुकुर कालो रङको झोला जस्तो देखिने वस्तु नजिकै सिक्रीबाट नजिकै तर नबाधिएको अवस्थामा देखिन्छ ।
मृतकमध्ये सबैभन्दा विभत्स तस्वीर मृतक सुदिप अधिकारीको देखिन्छ । उनको शव रहेको खाटमा रगताम्मे देखिन्छ । र भित्तामा पनि रगत लत्पतिएको देखिन्छ ।

लोकपथलाई प्राप्त दृष्य हेर्दा घटना हत्या नै भएको अनुमान लगाउन सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?