काठमाडौं । प्रतिनिधि सभा बैठक फेरि सारिएको छ ।
शुक्रबार बिहान मात्रै संसद सचिवालयले शनिबार (भोलि) बिहान ११ बजे बस्नेगरी बैठक बोलाएको थियो ।
तर विशेष कारण देखाउँदै आइतबार (असार १४) गते बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।
त्यसो त गत असार ५ गते बसेको प्रतिनिधि सभा बैठकपछि एकैपटक असार ११ गतेसम्मका लागि स्थगित गरिएको थियो । तर सो दिन बैठक बस्न नसक्ने भन्दै सूचना टाँस गरेर असार १२ गते (आज) बस्ने भनियो । आजै पुनः भोलिसम्मका लागि बैठक स्थगित गरिएकोमा पुनः विशेष कारण देखाउँदै असार १४ गतेसम्मका लागि स्थगित गरिएको हो ।
विशेष कारण भनिए पनि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको महाधिवेशन चलिरहेका कारण बैठक स्थगित गरिएको बुझिाएको छ । झण्डै दुई तिहाइको संख्यामा रहेका रास्वपाका सांसदहरु महाधिवेशन केन्द्रित रहेका छन् ।
जसकारण संसद बैठक निरन्तर सूचना टाँस गरेर स्थगित गरिएको जानकारी गराइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया