रास्वपाको सहमहामन्त्रीमा ढकाल, साह र डाँगी निर्वाचित

लोकपथ
2.3k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्रीमा तीन जना निर्वाचित भएका छन् ।

शुक्रबार अपरान्ह आएको मतपरिणाम अनुसार खुलातर्फ हरि ढकाल र अशिम साह तथा महिलातर्फ निशा डाँगी निर्वाचित भएका हुन् ।

त्यसो त रास्वपा महामन्त्रीमा विपिनकुमार आचार्य र उपसभापतिमा सोविता गौतम निर्वाचित भएका छन् ।

सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा प्रधानमन्त्री समेत रहेका वालेन्द्र शाह ‘बालेन’ र उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्वाचित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?