काठमाडौं । डा. तोसिमा कार्कीलाई हराउँदै रास्वपा उपसभापतिमा सोविता गौतम विजयी भएकी छन् ।
शुक्रबार अपरान्ह आएको मत परिणाम अनुसार कार्कीलाई हराउँदै कानुनमन्त्री समेत रहेकी गौतम निर्वाचित भएकी हुन् ।
यता महामन्त्रीमा अन्य तीन प्रतिष्पर्धी उम्मेदवारलाई हराउँदै विपिनकुमार आचार्य निर्वाचित भएका छन् ।
अन्य सहमहामन्त्रीहरुको परिणाम आउँदैछ । यसअघि बिहीबार राति केन्द्रीय सदस्यहरुको परिणाम आइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया