काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश महेश शर्माले न्यायपालिकाको शक्ति भनेकै जनआस्था मात्रै रहेको बताएका छन् ।
अदालतले गर्ने आदेश र फैसलाले नै जनआस्था निर्धारण गर्ने भएकाले अदालतको शक्ति भनेको नै सत्य र तथ्यमा आधारित समाचार रहेको समेत बताए ।
शुक्रबार न्यायिक पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्दै न्यायाधीश शर्माले न्यायपालिकाको शक्ति मजबुत हुन यसले जनआस्था बढाउने गरी काम गर्नुपर्ने बताए ।
अदालतले नियमित रुपमा आफ्नो काम मात्रै गर्ने गरेको भन्दै अदालतको जनआस्था बढाउन सञ्चारमाध्यम र सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने बताए ।
न्यायाधीश शर्माले अदालतले गरेका काम कारबाहीलाई जनतासमक्ष पुर्याउने काम सञ्चारमाध्यमले नै गर्ने भन्दै सञ्चारमाध्यमले अदालतप्रति जनआस्था बढाउने गरी सञ्चारमाध्यमले काम गरिदिओस् भन्ने न्यायपालिकाको चाहना रहेको बताए ।
अदालतका कतिपय विचाराधीन मुद्दामा प्रभावित पार्ने गरी वा हुने गरी समेत समाचारहरू प्रकाशन तथा प्रसारण हुने गरेको भन्दै उनले त्यसमा ध्यान दिन आग्रह गरे ।
अदालतसम्बन्धी कतिपय समाचारमा उत्तेजक हेडलाइन र सनसनीपूर्ण बनाउने नाममा भएका प्रयोगले अदालतको जनआस्था गिराउने काम समेत भएको भन्दै अदालतको काम कारबाहीलाई सहज र सही ढंगले प्रस्तुत गरिदिन आग्रहसमेत गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया