लिपुलेकमा चीनले एक हजार सैनिक तैनाथ गरेको भारतीय मिडियाको दाबी

काठमाडौं । भारतीय सञ्चारमाध्यम हिन्दूस्तान टाइम्सका अनुसार चीनले पीएलएको एक बटालियनस्थित उत्तराखण्डमा लिपुलेक भन्दा नजिकै एक हजार आफ्ना सैनिक तैनाथ गरेको बताएको छ ।

भारतले पनि उक्त क्षेत्रमा आफ्ना एक हजार सैनिक तैनाथ गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

नेपाल र भारतबीचको सीमा विवादित क्षेत्र लिपुलेकमा चीनले आफ्ना हजार बढी सैनिक तैनाथ गरेको भन्दै भारतमा तरङ्ग पैदा भएको छ ।

१५ जूनमा चीन र भारतबीचका सैनिकहरुको बीचमा पूर्वी लद्दाखस्थित गलवान घाटीमा भएको झडपमा २० भारतीय सैनिकको निधन भएको थियो । चीनले भने आफ्नो तिरको केहि पनि विवरण खुलाएको छैन ।

यता नेपाल र भारतबीचको सीमा विवादित क्षेत्र लिपुलेकमा ८ मेका दिन मानसरोवर रोडलिंकको उद्घाटन भएको थियो त्यहाँ पछि नेपालललाई नेपालको भूमीमै सोध्दै नसोधि भारतले सडक उद्घाटन गरेपछि तनाव झनै बढ्दै गएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?