नेकपा विवादमा चीनको चासो, राजदूत यान्छी र खनालबीच भेटघाट

काठमाडौं । मंगलवार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालबीच भेटघाट भएको छ ।

मंगलबार बिहान खनाल निवास डल्लुमा दुई जनाबीच करिब ४५ मिनेट कुराकानी भएको स्रोतले जनाएको छ ।

पछिल्लो समय नेकपामा देखिएको आन्तरिक विवादकाबीच नेकपाका नेताहरुसँगको उनको भेटघाटलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।
यसअघि उनले नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालसँग पनि भेटवार्ता गरेकी थिइन् ।

राजदूत यान्छीले नेकपाभित्रको शक्ति संघर्षमा चासो राखेको स्रोतको दावी छ ।

यसरी राजदूत यान्छीको भेटघाट बढ्नुले नेकपाभित्रको आन्तरिक मामिलामा चीनको चासो रहेको भन्ने बुझिन्छ ।

चिनियाँ राजदूतको सक्रियतालाई कतिपयले नेपालको आन्तरिक मामिलामा अनावश्यक चासो दिएको भनेर आलोचना गर्ने गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?