नव ग्रहहरुको नैसर्गिक फल !

काठमाडौं । जन्मदेखी मृत्युसम्म प्रत्येक मानिसमा ग्रहको प्राकृतिक प्रभाव हुन्छ । ग्रहको प्रभावकै कारणले मानिसले आफ्नो शिक्षा,रोजगार,विदेश यात्रा,व्यापारमा आफ्नो प्रभुत्व स्थापित गरेको हुन्छ ।

मानव जीवनमा ग्रहको तिन किसिमको प्रभाव हुन्छ । १. नैसर्गिक २. जन्मगत ३. गोचर । आज हामी तपाईलाई पहिलो नैसर्गिक प्रभावको बारेमा वर्णन गर्न गईरहेका छौँ ।

प्रत्येक ग्रहको आ–आफ्नो फरक प्रभाव र अधिकार हुन्छ । नैसर्गिक प्रभाव ग्रहबाट स्वत प्राप्त हुने फल भित्र पर्दछ ।

प्रकृति तथा ग्रहबाट व्याक्तिले जन्मसिद्ध प्राप्त गर्ने उर्जा नै नैसर्गिक फल हो । सूर्य,चन्द्रमा,भौम,राहु,बृहस्पती,शनी,बुध,केतु,शुक्र आदी ग्रहहरुको प्रभाव हुन्छ ।

सूर्य : जन्म,मस्तिष्क,टाउको,पिता, काका,बडाबा वा पुरुष मान्यजन, सरकारी काम, नेतृत्व, प्रशासनिक सम्बन्ध,निर्णय क्षमता र प्रतिष्ठा, घोडा,राजनीति तथा उच्चपोष्ट ।

चन्द्रमा : किशोर अवस्था, अनुहार, मुख, मन, आमा, सानिमा, ठूलिआमा, महिला मान्यजन, प्रेम, कल्पना, भावना, शान्ति, रसादि, औषधी, पेयपदार्थ, पौष्टिक पदार्थ, शीतलता, चिसो पदार्थ ।

मङ्गल : सरसफाई तथा वैंस, रगत, फोक्सो, फियो, दाँत, पिठ्युँ, क्रोध, आँट, आत्मबल, साहस, हिम्मत, दाजुभाइ, बन्धुवान्धव, इष्टमित्र, समान उमेरका पुरुष नातेदार, हातहतियार, माटो, जग्गाजमिन, स्वदेश, देशभक्ति, कर्तव्य र सेवाभावना जोडिएका काम ।

बुध : कुमार अवस्था, छाती, मुटु, दूध, चलाखी,दिदीबहिनी, मावली, भान्जाभान्जी, कुटुम्बपक्ष र समान उमेरका स्त्री नातेदार, ज्ञानविज्ञान, पठनपाठन, प्रविधि, वुद्धि, प्राज्ञिक क्षेत्र, साजसज्जाको क्षेत्र, व्यापार, वाणिज्य, वित्तीय क्षेत्र, ठगी, चलाखी, छट्टुपन, मोटरवाहन,निजी सवारी ।

बृहस्पति : विद्यार्थी अवस्था, पित्त, कलेजो, आन्द्रा, मलद्वार, छोराछोरी, कुल, वंश, शिष्य, भद्रभलाद्मी आफन्तजन, ससुरा, सम्धीसम्धिनी वा आफूले सम्बन्ध गाँसेका नातागोताका मानिसहरू, पितृदेवता, तन्त्रमन्त्र, राजनीति, कुटनीति, दर्शन, अध्यात्म, सत्य, सैद्धान्तिक ज्ञान, तपस्या, साधना, शास्त्र, परम्परा ।

शुक्र : गार्हस्थ्य जीवन, स्त्रीजाति, श्रृङ्गार, काव्य, सौन्दर्य, गीतसङ्गीत र ललितकला, मूत्र प्रणाली, प्रजनन क्षमता, यौनभावना, मैथुन, कामुकता, लज्जा, भोगविलास, पति वा पत्नी, विपरीतलिङ्गी साथीहरू, विज्ञानप्रविधि, इलेक्ट्रोनिक काम, रसायन, रसादि, यौनसामाग्रीको व्यापार, भान्सामा प्रयोग हुने वा गृहिणीले उपयोग गर्ने सरसामाग्री, खेलकुद, गाईबाख्रा ।

शनि : बुढेसकाल र मरण, कम्मर, हड्डी, हातखुट्टा, सेवाभावना, श्रम, छोराछोरी, नोकरचाकर, दास, श्रमिक, आफूमुनिका कर्मचारीहरू, दिनहीन अवस्थाका व्यक्तिहरू, फलाम, मिलमेसिनरी, पाटपूर्जा, प्रविधि, सीप, न्याय, प्रशासन, दण्ड, भैँसी, मोटरवाहन (भाडाका)

राहु : परदेशी जीवन, विदेश यात्रा, स्नायु प्रणाली, छाला, नसा, पाचन प्रणाली, जालसाजी, फट्याइँ, चोरीडकैती, जेलनेल, साथीसङ्गति, व्यापारिक साझेदार, सामाजिकता, चराचुरुङ्गी, माछामासु, मादक पदार्थ, सेवामूलक काम, दुर्गन्ध, फोहोर आदिको काम ।

केतु : हवाइ यात्रा, जोर्नी, गोलीगाँठो, जोश, उत्तेजना, चिन्तन, सोचविचार, चिन्ता,छट्पटी, उच्चाकाङ्क्षा, मनोरोग, मानसिक विचलन, गूढ रहस्य, अनुसन्धान, अतिन्द्रिय वस्तु (दिवास्वप्न) गुरुपुरोहित,धर्मगुरु, सन्तति (छोराछोरी र नातिनातिनासमेत), भ्रष्टाचार, दुर्व्यसन, व्यभिचार, पुरातत्व, परम्परा, अनुसन्धान, खोजी, गुप्तचर, कुटनैतिक काम ।

ज्यो.दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?