‘अक्सफोर्ड’ कोरोना भाइरसविरुद्धको ‘भ्याक्सीन’ परीक्षणमा पहिलोचरणमा सफल

काठमाडौं । यतिबेला कोरोना भाइरसको महामारीका कारण सारा विश्व ग्रस्त छ । कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाउन वैज्ञानिकहरु अहोरात्र खटिएका छन् ।

यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख ४६ हजार ३६९ जनाको मृत्यु भईसकेको छ भने ५५ लाख १७ हजार ७०८ जनालाई संक्रमण भएको छ ।

यसैबीच बेलायत र चीनका वैज्ञानिकहरूले कोरोना भाइरसविरुद्धको खोप परीक्षण पहिलो चरणमा सफल भएको दाबी गरेका छन् ।

अक्सफोर्ड विश्वविद्यालयले अप्रिल २३ मा शुरु गरेको पहिलो चरणको परीक्षण सफल भएको वैज्ञानिहरुको दाबी छ ।

वैज्ञानिकहरुले पहिलो चरणमा करिव १ हजार जनामा यसको परीक्षण गरेका थिए ।

जसमा कोरोनाभाइरसविरुद्धको भ्याक्सीन परीक्षणमा अक्सफोर्ड पहिलो चरणमा सफल भएको वैज्ञानिकको दाबी छ ।

विश्वविद्यालयले दोस्रो चरणको परीक्षणका लागि बेलायतका १० हजार २ सय ६० जना स्वास्थ्य स्वयंसेवकलाई आह्वानसमेत गरेको छ ।

त्यसैगरी चीनको क्यान्सिनो बायोलोजिक्स इनकर्पोरेसनले पनि कोरोना भाइरसविरुद्धको खोप परीक्षण पहिलो चरणमा सफल भएको बताएको छ ।

क्यान्सिनोले पहिलो चरणमा १८ देखि ६० वर्षका १ सय ८ जनामा परीक्षण गरेको थियो । जसमा उ सफल भएको क्यान्सिनोले जनाएको छ ।

अक्सफोर्डका वैज्ञानिकहरूका अनुसार दोस्रो र तेस्रो चरणको परीक्षणमा ५५ वर्षमाथिका वयस्क र ५ देखि १२ वर्षसम्मका बालबालिकालाई सहभागी गराइने भइएको छ ।

अक्सफोर्डले परीक्षणको अर्को चरणमा वृद्धवृद्धाहरूको रोग प्रतिरोधात्मक प्रणालीमा यो खोपले देखाउने प्रतिक्रियामा केन्द्रित भएर काम गर्ने बताएको छ ।

साथै अक्सफोर्डले उक्त परीक्षणको रिपोर्ट सेप्टेम्बरसम्ममा आइसक्ने जानकारी दिएको छ ।

कोभिड–१९ खोपका ३ करोड भन्दा धेरै डोज सेप्टेम्बरसम्ममा उपलब्ध हुने बेलायत सरकारले जनाएको छ ।

बेलायतका सरकारी अधिकारीहरूका अनुसार अब चाँडै कोरोना भाइरसविरुद्धको खोप बन्ने विश्वास राखेको बताएका छन् ।

एजेन्सीको सहयोगमा

चीनको भन्दा फरक भाइरस भारतमा देखिएको वैज्ञानिकको दाबी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?