काठमाडौंमा गोली चल्यो, एक जना नियन्त्रणमा

लोकपथ
26.8k
Shares

काठमाडौं । काठमाडौंको चोभारमा गोली चलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीले गोली हानेर एक जनालाई नियन्त्रणमा लिएको छ ।

स्थानीयका अनुसार काठमाडौं चोभारमा सिभिलमा रहेका प्रहरी टोलीले एक युवकलाई गोली हानेको हो ।

युवकको खोजी गर्दै पुगेको सादा पोसाकका प्रहरी देखेपछि भाग्न खोजेपछि ती युवकलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका युवक को हुन् भन्ने खुलेको छैन । गोली प्रहार लगत्तै प्रहरी टोलीले ती युवकलाई नियन्त्रणमा लिएर लगेको छ ।

गोली प्रहारबाट घाइते भएका युवकलाई उपचारका लागि बल्खुस्थित वयोधा अस्पतालमा पुराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?