कोरोना संक्रमितलाई अस्पतालले औषधिको रुपमा गाँजा बाँडेपछि…

काठमाडौं । शोधकर्ताहरुले गाँजालाई मानव शरीरमा उत्पन्न हुने नकारात्मक भाईरसको फैलावट रोक्न मद्धत पुग्ने भन्दै अनुसन्धान थालेका छन् ।

उनीहरु गाँजाबाट नकारात्मक भाइर मानव शरीरमा फैलिनबाट रोक्नका लागि त्यसको अध्ययनमा जुटिरहेका हुन् ।

सोहि आधारमा ईजरायलस्थित एक अस्पतालमा भने कोरोना भाईरसका बिरामीमाथि यसको परीक्षण शुरु गर्न थालिएको छ ।

ईजरायलको तेलअभिवस्थित इचिलो अस्पतालका दर्जनौँ कोरोना भाईरस संक्रमितमाथि यसको परीक्षण गरिएको हो ।

Navigating COVID-19 in the cannabis industry

सिनियर एनेस्थेसियोलजिस्ट बाराक कोहेनका अनुसार गाँजा कोरोना भाईरसविरुद्धको औषधि बन्न सक्ने र यसले विभिन्न लक्षणलाई कम गर्ने गरि काम गरिरहेको छ ।

कोरोना भाईरसले मानव शरीरको फोक्सोमा पर्ने असरलाई कम गराउनका लागि गाँजाको माध्यमबाट एक भ्याक्सीन बनाउन तेलअभिव अस्पतालका डाक्टरहरु लागि परेका छन् ।

त्यस्तै हाईफास्थित टेक्नियन ईन्स्टिच्युटले पनि गाँजाको माध्यमबाट भाईरसको प्रभाव घटाउन मिल्नेगरी २ प्रकारका भ्याक्सीन बनाईरहेको जानकारी दिएको छ ।

ईन्स्टिच्युटका अनुसार उक्त पहिलो भ्याक्सीनले मानव शरीरमा रोगप्रतिरोधात्मक क्षमताको विकास गरिदिनेछ भने अर्काे भ्याक्सीन भाईरसलाई आकर्षित गर्ने मानव शरीरको कोषमा भएका रिसेप्टरलाई केही हदसम्म निस्क्रिय गरि भाईरस अट्याकलाई कम गर्नेछ ।Excessive levels of THC have been found in UK CBD products

ईस्टिच्युटका प्रोफेसर डुडी मेईरीका अनुसार विभिन्न २ तहमा गाँजाको अध्ययन जारी रहेको छ ।

गाँजामा पाईने मानव शरीरलाई आवश्य रोग प्रतिरोधात्मक क्षमता र यसमा भएका अणुहरुको विशेषताको बारेमा ईन्स्टिच्युटले अध्ययन गरिरहेको प्रोफेसर डुडी मेईरीले बताएका छन् ।

Cannabis for COVID-19: Canadian research claims extracts from the psychoactive drug could fight coronavirus

एजेन्सीको सहयोगमा

(यस समाचारबारे थप जिज्ञाशा भए समाचारमा दिइएको लिंकब्याकमा गएर अध्ययन गर्न सक्नुहुन्छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?