कोरोना संक्रमितले क्वारेन्टाइनमै शारीरिक सम्पर्क राख्न खोजेपछि प्रशासनले खटायो गार्ड

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण सारा विश्व अहिले ग्रस्त र त्रस्त बनेको छ । अहिलेसम्म २१२ वटा देशमा फैलिएको कोरोना भाइरसको संक्रमण जताततै संकट बनिरहेको छ ।

यसबाट बच्नका लागि सबैभन्दा राम्रो उपाय भनेको सोसल डिस्टेन्सिङ बनाईराख्नु अर्थात् एक अर्कासँगको दूरी बनाउनु हो । जसका कारण संक्रमण अर्कालाई फैलिन नसकोस् ।

जसलाई कोरोना संक्रमित देखिएको छ । त्यसलाई क्वारेन्टाइनमा राखिएको छ । तर युगाण्डामा भने क्वारेन्टाइनमा राख्दा अर्काे समस्या थपिएको छ ।

युगाण्डाको स्वास्थ्य मन्त्रालयका अनुसार सरकारी क्वारेन्टाइनमा बसेका महिला र पुरुषहरु एक अर्कासँग शारीरिक सम्पर्क गर्न थालेका छन् ।

एक तर्फ मानिस एक मीटर दूरीको पालना गर्न सुझाव पालना गरिरहेका छन् भने अर्काे तर्फ युगाण्डामा कोरोना संक्रमितहरु एक अर्कासँग शारीरिक सम्पर्क गरिरहेका छन् ।

युगाण्डाका स्वास्थ्य मन्त्रालयका सचिव डियाना अटभिनेले यदि यस्तो नजायज कुरा बन्द भएन भने कोरोना भाइरसको महामारी फैलिनबाट रोक्ने सरकारको प्रयाश व्यर्थ हुनेछ ।

डियानाले एक अर्कालाई बिना चिनजान नै शारीरिक सम्पर्क राखिरहेकोले आफू अचम्मित बनेको बताएका छन् ।

एजेन्सीको सहयोगमा

यसअघि प्रकाशित यी समाचार पढ्नुभयो ?

कोरोना संकटको बीच चीनले उडायो रकेट

दुई कम्पनीले मिलेर बनाउँदैछन् कोरोनाविरुद्धको ‘भ्याक्सीन’, मानिसमा परीक्षण शुरु

बाइक चलाएर आएको बाँदरले बालकलाई लगेपछि‘ (भिडियोसहित)

सार्वजनिक भएका उत्तर कोरियाली तानाशाह किम जोङ उन ‘नक्कली’ भएको दाबी

 कोरोना भाइरसविरुद्धको औषधि बनाउने इटाली विश्वकै पहिलो देश, मुसामा परिक्षण सफल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?