लकडाउनले माईतमै फसिन् श्रीमती, रिसमा श्रीमानले गरे प्रेमिकासँग विवाह

काठमाडौं । लकडाउनका बेला भारतको बिहार राज्यमामा एउटा अनौठो घटना सार्वजनिक भएको छ । हुनत हामी प्रायः जसो हरेक दिन केहि न केहि अनौठा खबर सुनि नै रहेका हुन्छौँ ।

भारतको बिहारमा बस्ने एक महिला लकडाउन भन्दा एक हप्ता अगाडि माईत गएकी थिइन् । उनी अचानक भएको लकडाउनका कारण माइतमै फसेकी थिइन् । तर श्रीमानले श्रीमती माईतमै बसेको रिसले यता घरमा प्रेमीकासँग विवाह गरेका छन् ।

यो घटना भारतको बिहारस्थित राजधानी पटनाको हो । आफू माइतमा बसेको मौका छोपेर विवाह गरेको भन्दै श्रीमतीले पुलिसमा केस दर्ता गराएकी छन् ।

केस दर्ता भएपछि प्रहरीले सोधपुछ गर्दा महिलाले आफूलाई हरेक दिन फोन गरेर हैरान बनाएको बताइन् ।

महिलाले भनिन्, अचानक लकडाउन भएको कारणले म माईतमा फसेकी थिएँ, त्यो बेला श्रीमानले फोन गरेर घरमा आउनु भन्नु भएको थियो, तर सरकारले लकडाउनमा हिँड्न नमिल्ने र सवारी साधनहरु पनि नचलेकोले म माईतमै फसेँ । त्यहि मौका छोपेर उता श्रीमानले प्रेमीकासँग विवाह गरेर बस्न थालिसक्नुभएछ ।

उक्त कुरा पत्ता लागेपछि पुलिसले ति व्यक्तिलाई गिरफ्तार गरेर जेलमा राखेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यसअघि प्रकाशित यी समाचार पढ्नुभयो ?

कोरोना संकटको बीच चीनले उडायो रकेट

दुई कम्पनीले मिलेर बनाउँदैछन् कोरोनाविरुद्धको ‘भ्याक्सीन’, मानिसमा परीक्षण शुरु

बाइक चलाएर आएको बाँदरले बालकलाई लगेपछि‘ (भिडियोसहित)

सार्वजनिक भएका उत्तर कोरियाली तानाशाह किम जोङ उन ‘नक्कली’ भएको दाबी

 कोरोना भाइरसविरुद्धको औषधि बनाउने इटाली विश्वकै पहिलो देश, मुसामा परिक्षण सफल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?