नेपालमा कोरोना अपडेट : एकैदिन १० जना थपिएर ६९ जना पुगे संक्रमित,कस्तो छ अवस्था ?

काठमाडौं-  नेपालमा आज (आईतबार) एकैदिन १० जना संक्रमित थपिएका छन् । आज नेपालगन्जका ९ जना व्यक्ति र वीरगन्जका १ जना युवामा कोरोना पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ६९ पुगेको छ ।

नेपालगन्जका ९ जना संक्रमितमध्ये ५ जना पुरुष र ४ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार आज थपिएका १० जना संक्रमितको उमेर ७ वर्षदेखि ५८ सम्मको रहेको छ । उनीहरुलाई नेपालगन्जस्थित अस्पताल लगिँदै छ । यसअघि पनि तयस अस्पतालमा १ जना उपचाररत छन् ।

यस्तै आज आईतबार नै वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो ।

मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा कोरोना भाइरस आशंकामा हालसम्म पिसीआर विधीबाट १३ हजार ४ सय १४ जनाको परीक्षण गरिएको छ भने आरडिटी विधीमार्फत् ४९ हजार ६ सय ८८ जनाको परिक्षण गरिएको छ । गत २४ घण्टामा मात्रै १ हजार ४ सय ८९ जनाको जाँच गरिएको छ ।

यस्तै नेपालमा हालसम्म २१ हजार ९ सय ५१ जना क्वारेन्टाईनमा बसीरहेका छन् । आईसोलेसनमा बस्नेको संख्या ७७ रहेको छ । तिमध्ये काठमाडौंमा ४ र बाहिर जिल्लामा ७३ जना आईसोलेसनमा बसेर उपचार गराइरहेका छन् ।

विभिन्न प्रदेशबाट मानिसहरुले मन्त्रालयको वेवसाईट र एपमा भरेको स्वमूल्याकंनका आधारमा हालसम्म ३२१ जना रेड जोनमा परेका छन् । संभावित संक्रमित खोजी गर्न थालेको मन्त्रालयले जनाएको छ । यस्तै गत २४ घण्टामा मात्रै २ जना रेड जोनमा परेका छन् ।

नेपालमा संक्रमित मध्ये हालसम्म १६ जना उपचारपछि निको भएर घर फर्केका छन् ।

यसअघिका संक्रमितमध्ये एक जना रुपन्देशीमा १ जना नेपालगन्जमा, १ जना धनगढीमा, भरतपुरमा एकजना वीरगञ्जमा १ जना र विराटनगरमा ३१ जना उपचाररत छन् । आज थपिएका संक्रमितलाई नेपालगन्जस्थित अस्पताल लगिँदैछ ।

कोरोना निको भएर घर फर्केका युवक अस्वस्थ

कोरोना निको भएर स्वास्थ्यलाभ गरी घर फर्केका रौतहटका युवक फेरि बिरामी परेका छन् ।

उनलाई अस्पतालको टोली घरमा नै गएर एम्बुलेन्समार्फत् नारायणी अस्पताल ल्याई आइसोलेसन वार्डमा राखिएको छ ।

अस्पतालमा ल्याइसकेपछि शनिबार राति पुनः उनको थ्रोट स्वाबको नमूना संकलन गरिएको अस्पतालले जनाएको छ ।

२०७७ साल वैशाख १ गते कोरोना संक्रमण भएर नारायणी अस्पताल वीरगञ्जमा भर्ना भएका १९ वर्षीय ती युवक फेरि बिरामी परेका हुन् ।

चौथो र पाँचौं रिपोर्ट नेगेटिभ आएपछि अस्पताल भर्ना भएको १५‍‍ औं दिनमा डिस्चार्ज भएका ति युवकको अस्पतालबाट गएको टोलीले बुधबार मात्रै स्वास्थ्य जाँच गर्नुको साथै रगत र थ्रोट स्वाबको नमुना संकलन गरेर ल्याएको थियो ।

यसपछि शनिबार उनलाई अस्पताल ल्याउनुमा फेरि संक्रमणको आशंका गरिएको छ । तर यसबारे पुष्टि भने भएको छैन ।

उनमा कोरोना संक्रमितमा देखिने कुनै पनि लक्षण देखिएको थिएन । १६ चैतमा भारतबाट नेपाल आएका रौतहटका उनीसँगै गत वैशाख १४ गते नारायणी अस्पतालबाट वीरगञ्जका तीन जना पनि डिस्चार्ज भएलगत्तै उनी एम्बुलेन्समा घर गएका थिए ।

कोरोना निको भएर परिवार र आफन्तसँग बस्दै आएका युवकको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार बेलुका उनलाई लिन स्वास्थ्यकर्मीको एक टोली रौतहट गएको थियो । गाडीमा आएको एउटा टोलीले उनलाई पुनः वीरगञ्ज लगेको स्थानीयले बताएका छन् ।

रौतहटका ति युवासँगै उपचारपछि कोरोनामुक्त भएका चार जना संक्रमित छपकैयाको मक्की जामे मस्जिदमा बसेका अरु ३ जना भारतीयको चौथो र पाँचौ रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई मुस्लिम आयोगले जिम्मा लिनेगरी डिस्चार्ज गरिएको थियो । यसबारे थप विवरण आउन बाँकी छ ।

विश्वभर ७३ नेपालीको मृत्यु, पाँच हजार संक्रमित

विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ ।गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा आठ, साउथ इष्टमा ११ र साउथ बेष्टमा ती गरी ४९ जनाको मृत्यु भएको छ ।

यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । तीमध्ये मध्य न्युयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जनाको मृत्यु भएको हो ।

यस्तै संयुक्त अरब इमिरेट्स् (युएइ) मा पाँच तथा आयरल्याण्ड, जापान, टर्की र नेदरल्याण्ड्समा एकएक जनाको संक्रमणका कारण ज्यान गएको समितिका संयोजक डा। सञ्जीव सापकोटाले जानकारी दिए।

डा। सापकोटाका अनुसार नेपालबाहेक विश्वभर पाँच हजार २४७ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित छन् । संक्रमितमध्ये एक हजार ५७० जना संक्रमणमुक्त भएको जनाइएको छ ।

उनका अनुसार मध्यपूर्वका केही देशमा कोरोना भाइरस संक्रमणका कारण प्रभावित हुनेको संख्या झनै बढिरहेको देखिएको छ । ती देशले दुई हजार तीन सय नेपाली श्रमिकमा कोरोना संक्रमण भएको तथ्यांक सार्वजनिक गरेका छन् ।

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको सो आँकडा नुसार २७ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित छन् ।

स्वास्थ्य समितिका अनुसार विभिन्न मध्यपूर्वका देशमा दुई हजार तीन सय, अमेरिकामा एक हजार पाँच सय, बेलायतमा एक हजार, बहराइनमा १२६, युएईमा एक सय, कुवेतमा ७८, नेपालमा ५९, साउदी अरबमा ३४, पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेनमा १२, अष्टे«लियामा १०, बेल्जियम र जापानमा ६–६, स्वीडरल्याण्ड र क्यानडामा पाँचपाँच, जर्मनीमा चार, साइप्रस, मलेसिया र न्युजिल्याण्डमा तीनतीन, माल्दिभ्स, माल्टा र हङ्गकङ्गमा दुईदुई तथा म्यानमा र फ्रान्समा एकएक गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको एनआरएन, कोडिभ– १९, उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

एनआरएले कोरोना भाइरसको महामारीबाट प्रभावितको सहयोगार्थ ४५ देशका राष्ट्रिय समितिमा राहत वितरणको काम गरिरहेको एनआरएका महासचिव डा। हेमराज शर्माले बताए। उनका अनुसार विभिन्न देशमा कोरोना महामारीबाट प्रभावित ३५ हजारभन्दा बढी नेपालीलाई राहत वितरण गरिएको छ ।

यसैबीच एनआरएनएका अध्यक्ष तथा एनआरएन, कोभिड– १९ उच्चस्तरीय समितिका संयोजक कुमार पन्तले अध्यक्ष पन्तले सबै गैरआवासीय नेपालीलाई कोरोना भाइरसको महामारीविरुद्ध एकजुट भएर लड्न आग्रह गर्दै विभिन्न देशका सरकारी निकायले जारी गरेका स्वास्थ्य नियमलाई कडाइका साथ पालना गर्न आह्वान गरेका छन् ।

स्वास्थ्य समितिले विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत करीब ३५ नेपाली चिकित्सक, नेपाली कूटनीतिक नियोग, एनआरएनका शाखा तथा स्थानीय संघसंस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर हरेक आइतवार विदेशमा रहेका नेपालीको कोरोना संक्रमणको अनुमानित तथ्यांक सार्वजनिक गर्दै आएको रासस ले जनाएको छ। 

विश्वभर २ लाख ४४ हजारको मृत्यु 

कोरोनाभाइरसका कारण विश्वभर २ लाख ४४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३४ लाख ८१ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार आइतबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ५ हजार २१५ जनाको ज्यान गएको छ । संयुक्तराज्य अमेरिकामा मात्र १ हजार ६९१ जनाको मृत्यु भएको छ । रासस

कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति

क्र.सं.                महादेश                       कूल संक्रमित                         निको भएका                       कूल मृत्यु

विश्वभर                                  ३४,८१,३४९                             ११,२०,९०८                           २,४४,६६३

१.                    युरोप                       १४,२४,३६४                             ५,३४,७१६                             १,३९,४९३
२.                   उत्तर अमेरिका           १२,६०,६१५                             २,१५,३०४                              ७३,८८०
३.                   एसिया                       ५,४७,३९३                             २,८४,६८२                               १९,३५१
४.                  दक्षिण अमेरिका           २,००,५६९                             ६९,०६८                                   १०,२५९
५.                  अफ्रिका                    ४३,७३५                               १६,६९८                                    १,७६३
६.            ओसेनिया  (अस्ट्रेलिया)       ८,३८८                                    ७,१६२                                      ११५

दक्षिण एसियाली मुलुकहरु

१. भारत                          ३९,९८०                                 १०,८१९                                       १,३२३
२. पाकिस्तान                 १९,१०३                                    ४,८१७                                          ४४०
३. बंगलादेश                  ८,७९०                                     १७७                                              १७५
४. अफगानिस्तान           २,४६९                                     ३३१                                               ७२
५. श्रीलंका                     ७०५                                       १८२                                                 ७
६. माल्दिभ्स                  ५१९                                        १८                                                    १
७. नेपाल                      ६९                                           १६                                                       –
८. भुटान                       ७                                             ५                                                       –

यसअघि लोकपथ डटकममा प्रकाशित यो समाचार पढ्नुहोस् त्यसका लागि आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :

११ वर्ष अगाडिदेखि थालिएको थियो कोरोनाको अनुसन्धान, यसरी मच्चियो हाहाकार !

यसरी लिइन्छ कोरोना ‘टेस्ट’को ‘स्याम्पल’, के हो पीसीआर टेस्ट ?

कोरोना संक्रमण भएको कति दिनपछि श्वास फेर्न समस्या हुन्छ ? १ देखि १० दिनबीचमा देखिन्छन् यी समस्या

नयाँ स्टडीबाट पत्ता लाग्यो रहस्य : मानिसमा यसरी फैलिएको थियो कोरोनाको संक्रमण !

रिसर्चबाट खुल्यो रहस्य : अधिकांश मानिस यस कारण कोरोनाको शिकार बने

कोरोना भाइरसको औषधि कहिले सम्म बनिसक्छ ? के भन्छन् वैज्ञानिक ?

के मृत शरीरबाट पनि कोरोना फैलिन्छ ? वैज्ञानिकले गरे यस्तो खुलासा !

कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !

पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल

कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’

 थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण

वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि

कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?

‘पोजेटिभ’ र ‘नेगेटिभ’ भन्दा भन्दै गयो ज्यान ! 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?