नेपालमा कोरोना संक्रमितको अवस्था कस्तो छ ? स्वमूल्याङ्कनका लागि विवरण भरेकामध्ये २ सय ६७ जना रेड जोनमा !

काठमाडौं – कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ‘वेवपेज र एपमा’ आफ्नो विवरण भराएकामध्ये हालसम्म तिनका लक्षणका आधारमा मन्त्रालयले २ सय ६७ जनालाई रेड जोनमा राखेको छ ।

खोकी लाग्ने, ज्वरो आउने, छाति दुख्ने, रुघा लाग्ने, शरीर दुख्ने, श्वासप्रश्वासमा समस्या देखिने जस्ता लक्षण कोरोना भाइरस कोभिड १९ का लक्षण हुन् । यिनै लक्षणका आधारमा हालसम्म २१ हजार ५ सय ६ट जना मानिसहरुले विभिन्न ठाउँबाट मन्त्रालयको वेवसाईटमा आफ्नो विवरण भरेका छन् । त्यसरी स्वमूल्याकंनको लागि विवरण भर्नेमध्ये गत २४ घण्टामा मात्रै २७५ जनाले जानकारी लिएका थिए ।

तिमध्ये ४ जना रेड जोनमा परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैबीच नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार उदयपुरमा नयाँ केस पुष्टि भएको हो । उदयपुरका ति संक्रमित ३३ वर्षिय पुरुष हुन् ।

पछिल्लो संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ । यसअघि उदयपुरमा नै १३ जना संक्रमित पुष्टि भएर तिनको उपचार भइरहेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणपछि निको भएर ४ जना घर फर्किएका छन् । उपचाररत संक्रमितको अवस्था सामान्य छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसीआर विधीमार्फत् हालसम्म ८ हजार ७ सय ६३ जनाको परिक्षण गरिएको छ । गत २४ घण्टामा ३ सय ३३ जनाको परीक्षण गरिएको छ । र्‍यापिड डाईग्नोस्टिक टेष्ट आरडिटी विधीबाट हालसम्म २७ हजार ९ सय ५६ जनाको परीक्षण गरिएको छ । गत २४ घण्टामा मात्रै २ हजार ८ सय ८ वटा नमूना जाँच गरिएको छ । यी सबै विवरण हेर्दा हालसम्म कोरोनाको आशंकामा ३६ हजार ७ सय १९ वटा परीक्षण सम्पन्न भइसकेका छन् । तिमध्ये र्‍यापिड डाईग्नोस्टिक टेष्ट आरडिटी विधीमार्फत् हालसम्म प्रदेश १ मा २ हजार ६ सय २० प्रदेश २ मा ३ हजार ५ सय ९८ बाग्मती प्रदेशमा ५ हजार १ सय ५७ गण्डकी प्रदेशमा ४ हजार १ सय प्रदेश ५ मा २ हजार ४ सय ८३ प्रदेश कर्णाली प्रदेशमा ३ हजार ७ सय ३८ सुदूरपश्चिम प्रदेशमा ६ हजार १ सय ७७ गरी हालसम्म कुल २७ हजार ९ सय ५६ वटा जाँच गरिएको छ ।
हालसम्म ७ हजार ६७ जना क्वारेन्टाईनमा रहेका छन् । त्यस्तै आईसोलेसनमा बस्नेको संख्या १ सय ७ रहेको छ । तिमध्ये काठमाडौंमा ६ र बाँकी १०१ जना बाहिरी जिल्लामा छन् ।

पिसिआर परीक्षणमा उदयपुरका थप ८ जनामा कोरोना पोजेटिभ, क्रस भेरिफाइको लागि स्वाब धरान पठाईयो

 

यसअघि लोकपथ डटकममा प्रकाशित यो समाचार पढ्नुहोस् त्यसका लागि आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :

यसरी लिइन्छ कोरोना ‘टेस्ट’को ‘स्याम्पल’, के हो पीसीआर टेस्ट ?

कोरोना संक्रमण भएको कति दिनपछि श्वास फेर्न समस्या हुन्छ ? १ देखि १० दिनबीचमा देखिन्छन् यी समस्या

नयाँ स्टडीबाट पत्ता लाग्यो रहस्य : मानिसमा यसरी फैलिएको थियो कोरोनाको संक्रमण !

रिसर्चबाट खुल्यो रहस्य : अधिकांश मानिस यस कारण कोरोनाको शिकार बने

कोरोना भाइरसको औषधि कहिले सम्म बनिसक्छ ? के भन्छन् वैज्ञानिक ?

के मृत शरीरबाट पनि कोरोना फैलिन्छ ? वैज्ञानिकले गरे यस्तो खुलासा !

कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !

पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल

कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’

 थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण

वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि

कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?