कोरोना पछिल्लो अपडेट : विश्वभर १ लाख ४२ हजार भन्दा धेरैको मृत्यु, कुन देशमा कति ?

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा सबैभन्दा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीबाट यो समाचार तयार पार्दासम्म विश्वमा १ लाख ४२ हजार ६२४ जनाको ज्यान गएको छ भने २१ लाख २८ हजार ५५६ जनालाई संक्रमण भएको छ । त्यस्तै कोरोनाको महामारीबाट ५ लाख ३९ हजार संक्रमित निको भएका छन् ।

अहिलेसम्म विश्वमा ५७ हजार ४०४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा ३३ हजार ४१६ जनाको ज्यान गएको छ भने ६लाख ५३ हजार ७५१ जनाकलाई संक्रमण भएको छ ।

त्यस्तै आजमात्रै त्यहाँ ८२८ जनाले ज्यान गुमाएका छन् भने आजै त्यहाँ ५ हजार ६०३ जना नयाँ संक्रमित पाईएका छन् । त्यस्तै अमेरिकामा १३ हजार ५१६ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा १९ हजार १३० जनाले ज्यान गुमाएका छन् । आजमात्रै त्यहाँ ३१८ जनाको महामारीका कारण मृत्यु भएको छ भने आज नै त्यहाँ २ हजार १५७ नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै संक्रमितको संख्या स्पेनमा १ लाख ८२ हजार ८१६रहेको छ भने ७ हजार ३७१ को अवस्था गम्भीर रहेका छ । त्यस्तै इटालीमा अहिलेसम्म २२ हजार १७० जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १ लाख ६८ हजार ९४१ रहेको छ ।

आजमात्रै इटालीमा थप ३७८६ जना नयाँ संक्रमित आज थपिएका छन् भने आज मात्रै त्यहाँ ५२५ जनाको ज्यान गएको छ । त्यहाँ २ हजार ९३६जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा अहिलेसम्म १ लाख ४७ हजार ८६३ जनालाई संक्रमण हुँदा मृतकको संख्या १७ हजार १६७ पुगेको छ । त्यहाँ ६ हजार ४५७ को अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा आज मात्रै ९१० नयाँ संक्रमित थपिएका छन् भने आजै त्यहाँ ६३ जनाको मृत्यु भएको छ । यो सहित त्यहाँ महामारीबाट ज्यान गुमाउनेको जम्मा संख्या ३ हजार ८६७ पुगेको छ भने संक्रमितको संख्या १ लाख ३५ हजार ६६३ रहेको छ ।साथै जर्मनीमा ४ हजार २८८ को अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा अहिलेसम्म १३ हजार ७२९ जनाको ज्यान गएको छ । आज मात्रै त्यहाँ ८६१ जनाको ज्यान गएको छ भने ४ हजार ६१७ नयाँ संक्रमित थपिएका छन् ।

बेलायतमा १५१९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने त्यहाँ जम्मा संक्रमितको संख्या १ लाख ३ हजार ९३ रहेको छ ।

त्यस्तै चीनमा ८२ हजार ३४१ जनालाई संक्रमण भएको छ भने ३,३४२ जनाको मृत्यु भएको छ । आजमात्रै त्यहाँ ४६जना नयाँ संक्रमित थपिएका छन् भने ९५ को अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा अहिलेसम्म ७७ हजार ९९५ जनालाई संक्रमण भएको छ भने ४ हजार ८६९ जनाको मृत्यु भएको छ । आजमात्रै त्यहाँ ९२ जनाले ज्यान गुमाएका छन् भने १६०६जना नयाँ संक्रमित थपिएका छन् ।

अहिलेसम्म ईरानमा ३ हजार ५९४ को अवस्था गम्भीर रहेको छ । त्यस्तै टर्कीमा ७४ हजार १९३ जनालाई संक्रमण भएको छ भने १,६४३ जनाको ज्यान गएको छ ।

यो समाचार तयार पार्दासम्म त्यहाँ आज मात्रै १२५ जनाले ज्यान गुमाएका छन् भने ४ हजार ८०१ जनालाई आज मात्रै कोरोनाको संक्रमण भएको छ ।

त्यस्तै त्यहाँ १,८५४ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै बेल्जियममा अहिलेसम्म ४ हजार ८५७ जनाको ज्यान गएको छ भने ३४ हजार ८०९ जनालाई संक्रमण भएको छ ।

१२३६ नयाँ संक्रमित आज मात्रै त्यहाँ थपिँदा आजै ४१७ जनाले ज्यान गुमाएका छन् भने १,१८२ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म २९ हजार १६५ जनालाई संक्रमण भएको छ भने ३ हजार ३१५ जनाको ज्यान गएको छ । आज मात्रै त्यहाँ १ हजार ६१ नयाँ स्ंक्रमित थपिँदा आजै १८१ जनाले ज्यान गुमाएका छन् ।

त्यहाँ १२७९ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै ब्रजिलमा अहिलेसम्म १७६४ जनाले ज्यान गुमाएका छन् भने २९ हजार १६५ जनालाई संक्रमण भएको छ ।

त्यहाँआज ७ जनाले ज्यान गुमाएका छन् भने ५५५ नयाँ संक्रमित थपिएका छन् । ब्राजिलमा ६ हजार ६३४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै क्यानडामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४८ पुगेको छ भने संक्रमितको संख्या २८ हजार ८९३ रहेको छ । त्यहाँ आज मात्रै ५१४ नयाँ संक्रमित थपिएका छन् भने आज ३८ जनाले ज्यान गुमाएका छन् । त्यहाँ ५५७ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्विट्जरल्याण्डमा अहिलेसम्म १२८१ जनाको ज्यान गएको छ भने २६हजा् ७३२ जनालाई संक्रमण भएको छ । आज मात्रै त्यहाँ ४२ जनाले ज्यान गुमाउँदा आजै ३९६नयाँ संक्रमित थपिएका छन् ।

त्यहाँ ३८६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै स्विडेनमा अहिलेसम्म १,३३३ जनाले ज्यान गुमाएका छन् भने १२ हजार ५४० जनालाई संक्रमण भएको छ ।

आज मात्रै त्यहाँ १३० जनाले ज्यान गुमाएका छन् भने ६१३ जना नयाँ संक्रमित आजै थपिएका छन् । त्यस्तै छिमेकी देश भारतमा यो समाचार तयार पार्दासम्म ४२३ जनाको ज्यान गएको छ भने १२ हजार ७५९ संक्रमित रहेका छन् ।

आज त्यहाँ थप १ जनाको ज्यान गएको छ भने संक्रमित ३८९ जना थपिएका छन् । यो समाचार तयार पार्दासम्म विश्वमा आजमात्रै ४२ हजार २१९ नयाँ केस थपिएका छन् भने आजै ४ हजार १३ जनाको ज्यान गएको छ ।

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :

यसरी लिइन्छ कोरोना ‘टेस्ट’को ‘स्याम्पल’, के हो पीसीआर टेस्ट ?

कोरोना संक्रमण भएको कति दिनपछि श्वास फेर्न समस्या हुन्छ ? १ देखि १० दिनबीचमा देखिन्छन् यी समस्या

नयाँ स्टडीबाट पत्ता लाग्यो रहस्य : मानिसमा यसरी फैलिएको थियो कोरोनाको संक्रमण !

रिसर्चबाट खुल्यो रहस्य : अधिकांश मानिस यस कारण कोरोनाको शिकार बने

कोरोना भाइरसको औषधि कहिले सम्म बनिसक्छ ? के भन्छन् वैज्ञानिक ?

के मृत शरीरबाट पनि कोरोना फैलिन्छ ? वैज्ञानिकले गरे यस्तो खुलासा !

‘डब्ल्युएचओ’विरुद्ध खनिए राष्ट्रपति ट्रम्प, गरे अप्रत्यासित निर्णय

कोरोना महामारीका बीच जापान सागरमा उत्तर कोरियाले हान्यो मिसाइल

दुष्परिणामका लागि तयार रहन चीनलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

कोरोना भाइरसबाट बच्न उत्तर कोरियाले दियो आफ्ना नागरिकलाई यस्तो सल्लाह

चिनियाँ नौसेनाले मिसाइल हानेपछि डरायो विश्व, जापानद्वारा सेना परिचालन

कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !

पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल

कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’

 थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण

वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि

कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?