यसरी सञ्चालन गरिँदैछ एसईईसहित कक्षा ११ र १२ को परीक्षा

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई (कक्षा १०), कक्षा ११ र १२ को परीक्षा सामाजिक दूरीका लागि केन्द्र बढाएर लिने गृहकार्य थालेको छ ।
कोरोनाको संक्रमण जोखिम न्यूनीकरण गर्न सरकारले गरेको लकडाउनका कारण अवरुद्ध परीक्षालाई थप व्यवस्थित गर्न र घरबाटै परीक्षा केन्द्रमा आउने जाने व्यवस्था गर्न केन्द्र थप गर्ने गृहकार्य थालेको खबर नेपाल समाचारपत्रमा छापिएको छ ।
त्यसका लागि परीक्षा नियन्त्रण कार्यालय र राष्ट्रिय परीक्षा बोर्डले अध्ययन सुरु गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले लकडाउन सकिएलगत्तै परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको बताउँदै त्यसअघि नै केही केन्द्र थप गर्ने गृहकार्य भइरहेको जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?