पछिल्लो अपडेट : विश्वमा ५१ हजार भन्दा धेरैको अवस्था गम्भीर, मृतकको संख्या १ लाख २९ हजार नाघ्यो

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बन्दै आएको कोरोना भाइरसको कारण अहिलेसम्म विश्वमा १ लाख २९ हजार ७७ जनाको ज्यान गएको छ भने २० लाख २६ हजार ५१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ४ लाख ९२ हजार ८९२ जना उपचार पछि निको भएका छन् । त्यस्तै विश्वमा ५१ हजार ५८५ जनाको अवस्था गम्भीर रहेको छ ।

अहिले सम्म विश्वका २१० देशमा आफ्नो प्रकोप फैलाईसकेको कोरोनाको कारण अमेरिकामा यो समाचार तयार पार्दासम्म २६ हजार १८५ जनाले ज्यान गुमाएका छन् भने आजमात्रै त्यहाँ १३८ जनाको मृत्यु भएको छ ।

अन्य दिनको तुलनामा आज भने अमेरिकामा महामारीका कारण संक्रमित तथा मृतकको संख्यामा कमी आएको छ । अमेरिकामा भाइरसका ६ लाख १५ हजार ८९५ संक्रमित रहेका छन् आज मात्रै त्यहाँ २ हजार ९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै अमेरिकामा १३ हजार ४७३ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै स्पेनमा आजमात्रै ३२४ जाको ज्यान गएको छ भने आज नै ३ हजार ५७३ नयाँ संक्रमित पाईएका छन् ।

त्यहाँ ७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ । स्पेनमा अहिलेसम्म १८ हजार ५७९ जनाको ज्इान गएको छ भने, १ लाख ७७ हजार ६३३ जनालाई कोरोनाको संक्रमण भएको छ ।

त्यस्तै इटालीमा अहिलेसम्म १ लाख ६२ हजार ४८८ जनालाई संक्रमण भएको छ भने २१ हजार ६७ जनाको ज्यान गएको छ त्यहाँ ३ हजार १८६ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कराण अहिलेसम्म १५ हजार ७२९ जनाले ज्यान गुमाएका छन् भने १ लाख ४३ हजार ३०३ जनालाई संक्रमण भएको छ त्यहाँ ६हजार ७३० जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा अहिलेसम्म ३ हजार ५९२ जनाले ज्यान गुमाएका छन् भने १ लाख ३२ हजार ५९२ जनालाई संक्रमण भएको छ । आजमात्रै त्यहाँ ९७ जनाको मृत्यु भएको छ भने, ३८२ नयाँ संक्रमित थपिएका छन् । अहिलेसम्म जर्मनीमा १५८३ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा यो समाचार तयार पार्दासम्म ९८ हजार ४७६ जनालाई संक्रमण भएको छ भने, १२ हजार ८६८ जनाको मृत्यु भएको छ ।

त्यस्तै आजमात्रै त्यहाँ ४ हजार ६०३ नयाँ संक्रमित थपिएका छन् भने, ७६१ जनाको आजै मृत्यु भएको छ । त्यहाँ १४५१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चीनमा अहिलेसम्म ३ हजार ३४२ जनाले ज्यान गुमाएका छन् भने ८२ हजार २९५ जनालाई संक्रमण भएको छ । चीनमा आज थप ४६ नयाँ संक्रमित थपिएका छन् भने थप १ जनाको आज मृत्यु भएको छ ।

त्यहाँ ११३ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै ईरानमा अहिलेसम्म ४ हजार ७७७ जनाले ज्यान गुमाएका छन् भने, ७६हजार ३८९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै त्यहाँ आज मात्रै ९४ जनाको ज्यान गएको छ भने आजै त्यहाँ १५१२ जना नयाँ संक्रमित पाइएका छन् । त्यहाँ३ हजार ६४३ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै टर्कीमा यो समाचार तयार पार्दासम्म १४०३ जनाको ज्यान गईसकेको छ भने, ६५ हजार १११ जनालाई संक्रमण भएको छ । त्यहाँ १८०९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेल्जियममा अहिलेसम्म ३३ हजार ५७३ जनालाई संक्रमण भएको छ । आजमात्रै त्यहाँ २ हजार ४५४ जनालाई संक्रमण भएको छ भने आज नै त्यहाँ २८३ जनाको ज्यान गएको छ ।

योसँगै बेल्जियममा महामारीबाट ज्यान गुमाउनेको संख्या ४ हजार ४४० पुगेको छ भने बेल्जियममा १२०४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै नेदरल्याण्ड्समा २८ हजार १५३ जनालाई संक्रमण भएको छ भने ३ हजार १३४ जनाले ज्यान गुमाएका छन् ।

आजमात्रै त्यहाँ १८९ जनाको मृत्यु भएको हो । त्यहाँ आज नै थप ७३४ जना नयाँ कोरोनाका संक्रमित थपिएका छन् भने १३५८ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै क्यानडामा अहिलेसम्म ९०३ जनाको ज्यान गएको छ भने २७ हजार ६३ जनालाई संक्रमण भएको छ । त्यस्तै ५५७ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्विट्जरल्याण्डमा २६ हजार ३३६ जनालाई संक्रमण भएको छ भने, १२२६ जनाको ज्यान गएको छ । त्यहाँ आज मात्रै ४०० नयाँ संक्रमित थपिएका छन् भने ५२ जनाको आज नै मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म २५ हजार ७५८ जनालाई स्ंक्रमण भएको छ भने आज त्यहाँ कोरोनाका ४९६ जना नयाँ संक्रमति थपिएका छन् ।

त्यस्तै अहिलेसम्म ब्राजिलमा १५५७ जनाको मृत्यु भएको छ भने, आज मात्रै त्यहाँ २५ जनाको ज्यान गएको छ । त्यस्तै स्विडेनमा अहिलेसम्म १२०३ जनाको ज्यान गएको छ भने ११ हजार ९२७ जनालाई स्ंक्रमण भएको छ ।

विश्वमा आजमात्रै कोरोना भाइरसका २८ हजार १९१ जनालाई संक्रमण भएको छ भने, आज नै २ हजार ४७७ जनाले ज्यान गुमाएका छन् ।

यसैबीच छिमेकी देश भारतमा कोरोना भाइरसको कारण ४०५ जनाको ज्यान गएको छ भने ११ हजार ९२७ जनालाई संक्रमण भएको छ ।

आज मात्रै भारतमा कोरोनाका थप ६८ नयाँ संक्रमित थपिएका छन् भने, आज नै त्यहाँ १२ जनाले ज्यान गुमाएका छन् ।

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :

रिसर्चबाट खुल्यो रहस्य : अधिकांश मानिस यस कारण कोरोनाको शिकार बने

कोरोना भाइरसको औषधि कहिले सम्म बनिसक्छ ? के भन्छन् वैज्ञानिक ?

के मृत शरीरबाट पनि कोरोना फैलिन्छ ? वैज्ञानिकले गरे यस्तो खुलासा !

‘डब्ल्युएचओ’विरुद्ध खनिए राष्ट्रपति ट्रम्प, गरे अप्रत्यासित निर्णय

कोरोना महामारीका बीच जापान सागरमा उत्तर कोरियाले हान्यो मिसाइल

दुष्परिणामका लागि तयार रहन चीनलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

कोरोना भाइरसबाट बच्न उत्तर कोरियाले दियो आफ्ना नागरिकलाई यस्तो सल्लाह

चिनियाँ नौसेनाले मिसाइल हानेपछि डरायो विश्व, जापानद्वारा सेना परिचालन

कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !

पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल

कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’

 थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण

वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि

कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?