काठमाडौं । सारा विश्व अहिले कोरोना भाइरसको महामारीसँग लडिरहेको छ । अहिलेसम्म कोरोना भाइरसका कारण विश्वभर १ लाख २३ हजार ४८१ जनाको मृत्यु भईसकेको छ ।
यसैबीच आज अर्थात् १४ अप्रिललाई महत्वपूर्ण सम्झन योग्य दिनको रुपमा हेर्ने गरिन्छ । आजको दिनमा इतिहासमा केहि ऐतिहासिक घटनाहरु भएका छन्, जो मानव जातीका लागि एकदमै दुखद क्षण रहेका छन् ।
१४ अप्रिलको दिन अमेरिकाका १६ औँ राष्ट्रपति अब्राहम लिंकनको गोली हानेर हत्या भएको थियो । उनलाई वाशिंगटनको फोर्ड थियेटरमा उनलाई गोली हानेर हत्या गरिएको थियो ।
उनी त्यहाँ आवर अमेरिकन कजिन नाटक हेर्न गएका बेला बालकुनीमा बसेर नाटक हेरिरहेका उनलाई गोली हानिएको थियो । रातीको सावा १० बजे, जोन वाइक्स बुथ नाम गरेका व्यक्तिले उनलाई पछाडिबाट गोली हानेर हत्या गरेका थिए ।
त्यस्तै भारतका संविधान निर्माता डा. भीम राव आम्बेडकरको जन्म पनि १४ अप्रिलमा भएको थियो ।
१४ अप्रिल सन् १५६३ मा सिख गुरु अर्जन देवको जन्म भएको थियो । उनी सिख धर्मका पाचौँ गुरु थिए ।
१४ अप्रिल सन् १६५९ मा दिल्लीको राजगद्दीका लागि मुगल शासक औरंगजेब र दारा शिकोहको बीचमा युद्ध भएको थियो । त्यसबेला शिकोहलाई औरंगजेबले देवराईमा मारेका थिए ।
१४ अप्रिलकै दिन सन् १८६५ मा अमेरिकाका महान राष्ट्रपति अब्रहन लिंकनको हत्या भएको थियो । उनी अमेरिकाका १६औँ राष्ट्रपति थिए ।
१४ अप्रिल सन् १९१२ मा ब्रिटेनको आरामदायी बोट टाइट्यानिक हिमखण्डमा ठोक्किएको थियो ।
१४ अप्रिल सन् १९४४ मा बोट एसएस फोर्ट स्टाइकिनमा बम्बईको ब्याक्टेरियामा बिस्फोट भएको थियो । बिस्फोटमा १२०० जनाको ज्यान गएको थियो ।
१४ अप्रिल सन् १९५८ मा सोभियत उपग्रह स्पूतनिक २ आफ्नो अन्तरिक्ष अभियानको १६२ दिन पछि नष्ट भएको थियो ।
१४ अप्रिल सन् १९७० मा अमेरिकी अन्तरिक्ष यान अपोलो १३ अन्त्रिक्षमै बिग्रिएको थियो । अपोलो धर्तीबाट उडेको ५६ घण्टापछि बिग्रिएको थियो । उक्त यानमा तीन अन्तरिक्ष यात्री सवार थिए । तर उनीहरु सुरक्षित धर्तीमा आउन सफल भएका थिए ।
१४ अप्रिल सन् १९८९ मा क्याप्टेन रन्जन राय र उनकी श्रीमती ल्याफ्टिनेन्टले विश्व घुम्ने अनौठो अभियान थालेका थिए । उनीहरुले सारा विश्व मारुती कारमा चढेर घुमेका थिए ।
१४ अप्रिल सन् २००८ मा भारत तथा बैगलादेशबीच सन् १९६५ पछि पहिलो पटक रेल यात्रा शुरु भएको थियो ।
१४ अप्रिल सन् २०१० मा चीनको किगगाईमा भूकम्प जाँदा २७ सय जनाको ज्यान गएको थियो । त्यसबेला ६.९ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यो बाहेक आइसल्याण्डमा ज्वालामुखी बिस्फोट भएको थियो । ज्वामुखीको कारण उत्तरी तथा मध्य युरोपमा हवाई यातायात नै प्रभावित बनेको थियो ।
१४ अप्रिल सन् २०१४ मा इस्लामी संगठन बोकोहरामले नाइजेरियामा चिबोकस्थित एक बोर्डिङबाट २७६ किशोरीको अपहरण गरेको थियो ।
एजेन्सीको सहयोगमा
यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :
संयुक्त राष्ट्रसंघका १८९ जनालाई कोरोनाको संक्रमण, अहिलेसम्म ३ जनाको मृत्यु
कोरोना महामारीका बीच जापान सागरमा उत्तर कोरियाले हान्यो मिसाइल
दुष्परिणामका लागि तयार रहन चीनलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
कोरोना भाइरसबाट बच्न उत्तर कोरियाले दियो आफ्ना नागरिकलाई यस्तो सल्लाह
चिनियाँ नौसेनाले मिसाइल हानेपछि डरायो विश्व, जापानद्वारा सेना परिचालन
कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !
पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल
कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’
थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण
वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि
कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी !
कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ?
फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्
कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !
कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी
कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस
कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया