कोरोना अपडेट : अन्य दिनको तुलनामा आज मृतकको संख्या घट्यो, संक्रमित भने बढ्दै

काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि सबैभन्दा ठूलो चुनौति बन्दै आएको कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म विश्वभर १ लाख १६ हजार ४६ जनाको ज्यान गएको छ भने १८ लाख ७३ हजार ८७९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ४ लाख ३५ हजार १८५ जना उपचार पछि निको भएका छन् । त्यस्तै विश्वभर यो समाचार तयार पार्दासम्म ५० हजार ७९८ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै महामारीको प्रकोप सहिरहेको अमेरिकामा यो समाचार तयार पार्दासम्म २२ हजार १३४ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकाले आज थप २९ जनाले ज्यान गुमाएका छन् भने ८६४ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै ५ लाख ६१ हजार १६४ जनामा संक्रमण रहेको छ ।

त्यस्तै अमेरिकामा ११ हजार ७७० जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै स्पेनमा १७ हजार ४८९ जनाले ज्यान गुमाएका छन् भने इटालीमा महामारीका कारण १९ हजार ८९९ जनाको ज्यान गएको छ ।

त्यस्तै फ्रान्समा अहिलेसम्म १४ हजार ३९३ जनाले ज्यान गुमाएका छन् भने जर्मनीमा ३ हजार २२ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै बेलायतमा अहिलेसम्म ११ हजार ३२९ जनाको महामारीका कारण मृत्यु भएको छ भने,चीनमा ३ हजार ३४१ जनाले ज्यान गुमाएका छन् । आजमात्रै चीनमा थप २ जनाको ज्यान गएको हो ।

त्यस्तै ईरानमा अहिलेसम्म ४ हजार ५८५ जनाको मृत्यु हुँदा टर्कीमा १ हजार १ सय ९८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै बेल्जियममा अहिलेसम्म ३ हजार ९०३ जनाको मृत्यु भएको छ भने नेदरल्याण्ड्समा अहिलेसम्म २ हजार ८२३ जनाले ज्यान गुमाएक छन् ।

त्यस्तै स्विट्जरल्याण्डमा अहिलेसम्म १ हजार १२९ जनाको ज्यान गएको छ । त्यस्तै क्यानडामा महामारीका कारण मृत्यु हुनेको संख्या ७१७ जनाले ज्यान गुमाउँदा उता ब्राजिलमा १ हजार २ सय ४१ जनाले ज्यान गुमाएका छन् ।

विश्वमा आज मात्रै १ हजार ८५२ जनाको ज्यान गएको छ ।

एजेन्सीको सहयोगमा

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :

चिनियाँ नौसेनाले मिसाइल हानेपछि डरायो विश्व, जापानद्वारा सेना परिचालन

कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !

पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल

कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’

 थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण

वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि

कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?