आकाशमा पनि कोरोनाको खतरा ! कसरी ?

काठमाडौं । विश्वका २१० देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको कारण अहिलेसम्म १ लाख ३ हजार ८४१ जनाले ज्यान गुमाईसकेका छन् । १७ लाख १५ हजार ५८० भन्दा धेरैलाई संक्रमण भएको छ । त्यस्तै ३ लाख ८८ हजार ८९९ जना उपचार पछि निको भएका छन् ।

एक रिपोर्टका अनुसार कोरोना भाइरसको खतरा पृथ्वीको साथै आकाशमा पनि बढ्न थालेको छ । त्यसको प्रभाव मौसममा पर्न सक्ने बताइएको छ । साथै यसले भविष्यमा खतरा पैदा गर्न सक्नेछ ।

युएन एजेन्सीका महासचिव पेटरी टालसका अनुसार जलवायु परिवर्तनका कारण मौसम सम्बन्धी समस्या बढ्दै गएका छन् । यस्तो अवस्थामा महामारीले विश्वलाई चुनौति दिएको छ ।

निगरानी प्रणालीमा असर

विश्व मौसम विज्ञान संगठन (World Meteorological OrganiZation) लाई ‘ग्लोवल अब्जरविंग सिस्टम’ का माध्यमबाट र वायुमण्डल र महासागरको सतहबाट भूमी, समुन्द्र र आकाशमा राखिएका उपकरणहरुद्वारा नजर राख्ने गरिन्छ ।

यो प्रक्रियाद्वारा नै डाटा संकलन, मौसम विश्लेषण, पूर्वानुमान, सल्लाह र चेतावनी दिने गरिन्छ ।

‘यस बेला सबैको ध्यान महामारीको औषधि पत्ता लगाउन र महामारी फैलिनबाट रोक्न लागि परेकोले तापक्रम तथा आकाशका विभिन्न गतिविधिहरुमा कसैको ध्यान नगएको र त्यहाँ रहेका उपकरणहरु के भएका छन् भन्ने बारेमा चासो नदिएकोले त्यहाँका विभिन्न कुराहरुको निगरानी राख्ने उपकरणहरु बिग्रिन थालेका छन्, त्यसैले कोरोनाको असर पृथ्वीमा मात्र नभएर आकाशसम्मै फैलिसकेको छ’ महासचिव पेटरी टालसले भने ।

यस्तो अवस्थामा कोरोना भाइरसको महामारीका बेला यस्ता उपकरणहरुको मर्मत तथा रेखदेख गर्नु ठूलो चुनौति बन्न सक्ने विश्व मौसम विज्ञान संगठनले बताएको छ ।

त्यो बाहेक हवाई तथा यातायातमा कमी आएको छ । जसको कारण उडानको बेला विमान आसपासको तापक्रम, हावाको गति र दिशासँग सम्बन्धित महत्वपूर्ण जानकारीहरु संकलन गर्न समस्या भएको छ ।

 एजेन्सीको सहयोगमा

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :

थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण

वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि

 कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?