काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसका कारण सारा विश्वमा यो समाचार तयार पार्दासम्म १ लाख २६८ जनाले ज्यान गुमाएका छन् भन १६ लाख ४७ हजार ८९६ जनालाई कोरोनाको संक्रमण भएको छ ।
त्यस्तै ३ लाख ६९ हजार १७३ जना उपचार पछि निको भएर घर गएका छन् । विश्वभर कोरोना भाइरसका कारण ५० हजार ४८ जनाको अवस्था गम्भीर रहेको छ ।
यसैबीच कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म अमेरिकामा १७ हजार ९२७ जनाले ज्यान गुमाएका छन् भने ४ लाख ७८ हजार ३६६ जनालाई कोरोनाको संक्रमण भएको छ । त्यस्तै अमेरिकामा यो समाचार तयार पार्दा सम्म २६ हजार १६३ जना उपचार पछि निको भएका छन् ।
अमेरिकाको न्युयोर्कमा यो समाचार तयार पार्दासम्म ७ हजार ८४४ जनाले ज्यान गुमाएका छन् । साथै १ लाख ६१ हजार ५०४ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
न्युयोर्कमा आजमात्रै कोरोना भाइरसको महामारीका कारण ७७७ जनाले ज्यान गुमाएका छन् । त्यस्तै अमेरिकाको न्युजर्सीमा अहिलेसम्म कोरोना भाइरसका कारण १९ सय ३२ जनाको ज्यान गएको छ भने आजमात्रै त्यहाँ २३२ जनाले ज्यान गुमाएका छन् ।
साथै आजै त्यहाँ थप ३ हजार ५६१ जना नयाँ संक्रमित पाइएको छ । न्युजर्सीमा मात्रै कोरोना भाइरसबाट ५४ हजार ५८८ जना ग्रसित छन् ।
अमेरिकाको मिशिगनमा महामारीका कारण मृत्यु हुनेको संख्या १ हजार ७६ पुगेको छ । त्यहाँ २१ हजार ५०४ जनामा कोरोनाको संक्रमण पाईएको छ ।
त्यस्तै क्यालिफोर्नियामा कोरोना भाइरसको कारण ५८९ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या त्यहाँ २० हजार २५८ पुगेको छ ।
अमेरिकामा कोरोना महामारीका कारण १० हजार ८९६ जनाको अवस्था गम्भीर रहेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर आज मात्रै ४ हजार ५७६ जनाको ज्यान गएको छ ।
यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :
कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी !
कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ?
फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्
कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !
कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी
कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस
कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया