कोरोनाको प्रकोप : भारतमा एकैदिन ४९ जनाको मृत्यु, ह्वात्तै बढे संक्रमित

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनाएर खडा भएको कोरोना भाइरसले विश्वका २०९ देशहरुलाई ग्रस्त बनाएको छ ।

अहिलेसम्म कोरोना भाइरसका कारण विश्वभर ९५ हजार ७३२ जनाले ज्यान गुमाएका छन् भने यो समाचार तयार पार्दासम्म १६ लाख ४ हजार १३२ जनामा संक्रमण पाईएको छ ।

त्यस्तै ३ लाख ५६ हजार ६५६ जना कोरोना भाइरसको उपचार पछि निको भएर घर फर्किएका छन् ।

छिमेकी देश भारतमा पनि कोरोना भाइरसका कारण अहिलेसम्म २२७ जनाले ज्यान गुमाएका छन् भने ६ हजार ७२५ जनामा कोरोनाको संक्रमण पाइएको छ ।

त्यस्तै ६३५ जना निको भईसकेका छन् । बिहीवार मात्रै भारतमा ८०९ जना कोरोनाका संक्रमित पाइएको हो ।

योसँगै भारतमा कोरोना भाइरसको महामारी तीव्र रुपमा बढीरहेको आँकलन गर्न सकिन्छ । त्यस्तै भारतमा बिहीवार अन्य दिनको तुलनामा धेरैको मृत्यु भएको छ । भारतमा विहीवार मात्रै ४९ जनाको ज्यान गएको हो ।

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् : 

कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?