आज राती आकाशमा अद्भुत दृश्य देखिँदै, के हुन्छ असर ?

काठमाडौं । सुपर पिंक मून २०२० : संसारभरमा कोरोना भाइरसको कहरका बीच ७ अप्रिल सन् २०२० मंगलवार अर्थात आज राती एउटा अद्भूत खगोलीय घटना हुन जाँदैछ । आज राती चन्द्रमाले रङ बदल्नेछ ।

किनभने, आज राती ११ बजेर ३८ मिनेटमा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक हुँदैछ । यसलाई सुपर पिंक मून २०२० नामाकरण गरिएको छ । यस समयमा चन्द्रमा पृथ्वीको २७ हजार ४९३ किलोमिटर नजिक आउँछ ।

चन्द्रमाको यो अवस्थालाई परिगी भनिन्छ । सामान्य बेला चन्द्रमा पृथ्वीभन्दा ३ लाख ८४ हजार ४०० किलोमिटर टाढा रहन्छ । तर परिगी स्थितिमा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउँछ ।

‘परिगी’ स्थितिमा यसको दूरी घटेर ३ लाख ५६हजार ९०७ किलोमिटर हुन्छ । यस बेला चन्द्रमाको आकार सामान्य भन्दा ७ गुणा ठूलो हुन्छ । साथै चन्द्रमाको चमकता अर्थात प्रकाश पनि ३० प्रतिशतले बढ्दछ ।

नेपालमा यो दृष्य आज राती ८ बजेर २० मिनेट जाँदा देख्न सकिनेछ । यस खगोलीय घटनाले प्रकृति तथा मानवहरुमा प्रभाव पर्दछ ।

प्राकृतिक आपद्मा कमी हुन्छ

सारा विश्व कोरोना महामारीसँग लडिरहेको छ । ज्योतिषीहरुका अनुसार चन्द्रमा पृथ्वीको नजिक आउँदा पर्यावरण, प्रकृति र मानिसमा यसको अत्याधिक असर देखा पर्दछ ।

यसको प्रभावले पृथ्वी तथा प्रकृतिक आपद्-विपद्मा कमीआउने मान्यता रहेको छ । त्यो बाहेक फरक फर राशिहरुमा यसको फरक फरक नै प्रभाव पर्दछ ।

सुपर किंग मून अमेरिकसमा एउटा फूल फुल्छ, जसको कलर गुलावी हुन्छ । त्यसकै आधारमा अप्रिलमा देखिनेवाला चन्द्रमालाई सुपर पिंक मून भन्ने गरिन्छ ।

साथै उक्त चन्द्रमालाई बिभिन्न देश अनुसार स्नो मून, स्ट्रम मून र हंगर मूनको नामबाट पनि चिन्ने गरिन्छ ।

एजेन्सीको सहयोगमा

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !
कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस
कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ? 

के निर्जिव वस्तु छुँदा कोरोना सर्छ ! के भन्छन् चिकित्सक ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?