धितो रोक्का र फुकुवा गर्न मालपोत धाइरहनु नपर्ने, सबै काम अब अनलाइनबाटै हुने

लोकपथ
0
Shares

काठमाडौं । सरकारले जग्गाको धितो बन्धकी तथा रोक्का–फुकुवा प्रक्रियालाई अनलाइन प्रणालीमार्फत सञ्चालन गर्ने व्यवस्था सुरु गरेको छ । 

भूमि व्यवस्था तथा अभिलेख विभागले बिहीबार परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाबाट हुने धितो बन्धकी कार्य अब अनिवार्य रूपमा अनलाइन प्रणालीमार्फत गर्न निर्देशन दिएको हो  ।

नयाँ व्यवस्था कार्यान्वयन भएपछि ऋण लिँदा वा चुक्ता गरेपछि जग्गा रोक्का तथा फुकुवा गर्न सेवाग्राहीले मालपोत कार्यालय धाउनुपर्ने र बिचौलियालाई अतिरिक्त रकम तिर्नुपर्ने बाध्यता अन्त्य हुने विभागले जनाएको छ ।

भूमि प्रशासन निर्देशिका, २०८१ अनुसार यो सेवा चरणबद्ध रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गरिनेछ । जसअनुसार तोकिएका बैंक तथा वित्तीय संस्थाले २०८३ वैशाख २१ गतेदेखि र अन्य बैंक तथा वित्तीय संस्थाले २०८३ जेठ १ गतेदेखि अनलाइन प्रणालीमार्फत सेवा सञ्चालन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?