काठमाडौं । महोत्तरीमा गुडिरहेको ट्याम्पोमाथि रुख खस्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । मृतक र घाइतेको पहिचान हुन बाँकी छ ।
सो दुर्घटनामा एक महिला र एक पुरुष गरी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना (पुरुष चालक र दुई महिला) घाइते भएका प्रहरीले जनाएको छ ।
महोत्तरीको जलेश्वरबाट जनकपुरतर्फ गइरहेको ज १ ह ४८५० नम्बरको ट्याम्पुमाथि शनिबार रुख ढल्दा सो घटना भएको हो । हावाहुरीले रुख ढलेको जनाइएको छ ।
दुर्घटनामा घाइते तीन जनालाई उद्धार गरेर प्रादेशिक अस्पताल, जनकपुरधाममा भर्ना गरिएको छ । स्थानीय बासिन्दा र सुरक्षाकर्मीले उनीहरूको उद्धार गरेका हुन् ।
प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टका अनुसार ट्याम्पोमा चालकसहित पाँच जना सवार रहेका थिए । दुर्घटनामा घाइते भएका तीन जनालाई उपचारका लागि जनकपुर पठाइएको छ ।
दुर्घटनापछि केही समय जलेश्वर–जनकपुर सडक खण्ड अवरुद्ध भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया