गायिका आस्था राउत विवादमा तानिईन्, अन्ततः माफि माग्नुपरेको भिडियोमा के छ ? भिडियोसहित

काठमाडौं । प्रहरीलाई तथानाम गाली गरेको भिडियो फेसबुकमा ‘भाइरल’ भएपछि गायिका आस्था राउत विवादमा तानिएकी छन् । हिजो बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुर जान लाग्दा चेकिङको क्रममा महिला प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको भन्दै फेसबुक लाइभ गाली गरेकी थिइन् ।

भद्रपुरमा ओर्लिएपछि उनले गाडीबाटै फेसबुक लाइभ गर्दै प्रहरीलाई अपशब्द प्रयोग गरी गाली गरेकी छन् ।

पश्चिम सिक्कीमको रिम्बी माघे मेलामा प्रस्तुतीका लागि आस्था सिक्किम जाँदै थिइन्। उनले तथानाम गाली गर्दै ‘प्रहरी मेरो साथी’ हटाउन समेत भनेकी थिइन् ।

भिडियो विवादमा तानिएपछि उनले स्टाटस लेख्दै माफी मागेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?