काठमाडौं । नेपालस्थित अमेरिकन दूतावासले आइतबार (वैशाख २७ गते) देखि National Police Week 2026 (NPW26) कार्यक्रम सुरु गरेको छ । आगामी जेठ २ गतेसम्म आयोजना हुने सो कार्यक्रमको उद्घाटनका दिन पाँच किलोमिटर दौड प्रतियोगिता आयोजना गरिएको थियो ।
उद्घाटन समारोहमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल, नेपालस्थित अमेरिकन दूतावासका Management Counselor – Christopher R. Reynolds लगायत सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक सुरेशकुमार श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।
आइतबार सम्पन्न पाँच किलोमिटर दौड प्रतियोगितामा पुरुषतर्फ सशस्त्र प्रहरी बल नेपालका रुपेश कार्की प्रथम तथा सञ्जीव नेपाली द्वितीय भएका थिए भने नेपाल प्रहरीका नागेश्वर अहिर तृतीय भएका थिए । त्यसैगरी महिलातर्फ नेपाल प्रहरीकी सुमित्रा चौधरी प्रथम, सशस्त्र प्रहरी बल नेपालकी फूलमती राना द्वितीय तथा आशा राउत तृतीय भएका थिए ।
विजयी खेलाडीहरूलाई प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल तथा अमेरिकन दूतावासका Regional Security Officer Wilbert Vaughn ले पुष्पगुच्छा तथा उपहार प्रदान गर्नुका साथै सम्मानसमेत गरेका थिए ।
आइतबार नै सम्पन्न United States Embassy in Nepal को टोली र सशस्त्र प्रहरी बल नेपालका अधिकृतहरूबीच भएको फुटबल प्रतियोगितामा US Embassy को टोलीले ४ गोल तथा सशस्त्र प्रहरी बल नेपालको टोलीले ३ गोल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया