काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विदेश पठाउने शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) व्यवसायीमाथि प्रहरीले निगरानी बढाएको छ ।
उच्च शिक्षाका लागि विदेश पठाइदिने भन्दै विद्यार्थीहरुलाई ठगी गर्ने गरेको गुनासोका आधारमा प्रहरीले निगरानी बढाएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा शुक्रबार एकैदिन ६९ जना कन्सल्टेन्सीका सञ्चालकहरुलाई पक्राउ गरिएको हो ।
कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीका अनुसार ९५ वटा कन्सल्टेन्सी व्यवसायीमाथि अनुसन्धान गरिएको थियो ।
उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुका लागि परामर्श गर्ने भन्दै ठगी गर्ने गरेको गुनासो आइरहेको छ ।
त्यस्तै अन्य ठगीमा परेकाहरुलाई समेत काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सम्पर्कमा आउन समेत भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया