ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

लोकपथ
0
Shares

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमान विरुद्धको खेलमा नेपालले टस जितेको छ । कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् ।

यस खेलमा नेपालले अघिल्लो खेलको हारको बदला लिँदै श्रृंखलामा तेस्रो जित निकाल्ने लक्ष्य राखेको छ । यसअघि नेपालले युएईसँगका दुवै खेल जितिसकेको छ भने ओमानसँगको पहिलो खेलमा भने पराजित भएको थियो ।

नेपालले अब ओमानलाई हराउँदै श्रृंखलाको सुखद अन्त्य गर्ने र राम्रो लय बनाएर आगामी खेलका लागि तयारी गर्ने लक्ष्य लिएको छ । नेपालले छिट्टै लिग–२ अन्तर्गत शीर्ष टोली अमेरिका र स्कटल्यान्डसँग पनि खेल्ने भएकाले यो खेललाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

हाल अंकतालिकामा ओमान ३१ अंकसहित तेस्रो स्थानमा छ भने नेपाल १६ अंकसहित सातौं स्थानमा छ । युएई १४ अंकसहित पुछारतिर छ ।

नेपाल र ओमानबीच अहिलेसम्म ९ एकदिवसीय खेल भएका छन् । नेपालले ३ खेल जित्दा ५ खेलमा हार बेहोरेको छ र १ खेल रद्द भएको छ । कीर्तिपुरमा भएका खेलमा भने नेपालले ओमानलाई अहिलेसम्म हराउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?