काठमाडौं । नेपाली कांग्रेसले पार्टी कोषाध्यक्षमा उमेश श्रेष्ठलाई मनोनीत गरेको छ ।
कांग्रेस सभापति गगनकुमार थापाले श्रेष्ठलाई शुक्रबार कोषाध्यक्षमा मनोनीत गरेका हु्न् ।
केही दिनअघि मात्रै सभापति थापाले श्रेष्ठसहितका नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए ।
त्यसो त श्रेष्ठ यसअघि पनि कांग्रेसको कोषाध्यक्ष रहेका थिए । नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि दोस्रोपटक सभापति बनेका शेरबहादुर देउवाले श्रेष्ठलाई नै कोषाध्यक्ष बनाएका थिए ।
विशेष महाधिवेशनबाट कांग्रेस नेतृत्वमा आएका सभापति थापाले पनि श्रेष्ठलाई नै कोषाध्यक्ष बनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया