रोचक इतिहास बोकेको फुटबल : यसकारण सबैभन्दा लोकप्रिय, नेपाल आउनै लाग्यो १४ वर्ष

काठमाडौं । अंग्रेजी भाषाको फुटबललाई नेपालीमा पनि फुटबल नै भनिन्छ । कुनै ठाउँमा यसलाई सकर पनि भन्ने गरिन्छ, यो संसारकै लोकप्रिय खेलहरु मध्ये एक हो । गाउँघरदेखि, सडक, गल्ली, चोक चौतारा र रंगशालामा खेलिन्छ फुटबल । फुटबलमा ११-११ जना खेलाडीहरु दुई टिममा विभाजित भएर खेल्ने गरिन्छ ।

प्राचीनकालदेखि चलन चल्तीमा रहेको फुटबल खेल को उत्पत्ति कहिले कहाँबाट भयो भन्ने कुरामा भने हामी बेखबर नै छौँ ।  फुटबलको शुरुवात १९ औं शताब्दीमा ब्रिटेनका विद्यालयहरुबाट भएको हो । हाल विश्वमा सबैभन्दा बढी दर्शक भएको खेल फुटबल बनेको छ ।

आधुनिक फुटबललाई इङ्गल्याण्डमा ‘द फुटबल एसोसिएशन’ (फुटबल संघ)को गठनसँगै गाँसिएको थियो र त्यस लगत्तै सन् १८६३ मा बनाइएको ‘ल अफ द गेम’ (खेलको कानून) को आधारमा नै आज फुटबल खेल्ने गरिन्छ । अन्तर्राष्ट्रिय आधार वा स्वरूप माथि फुटबलको नियन्त्रण (फेडरेशन इन्टरनेशनेल डी फुटबल एसोसिएशन) वा एसोसिएशन फुटबलको अन्तर्राष्ट्रिय महासंघ जसलाई संक्षेपमा फिफा एसोसिएशन फुटबलको अन्तर्राष्ट्रिय महासंघले गर्छ ।

फुटबलको सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय र लोकप्रिय प्रतियोगिता फिफा विश्वकप हो जसको आयोजन प्रत्येक चार वर्षको अन्तरमा गरिन्छ । यस प्रतियोगितालाई व्यापक रूपमा सम्पूर्ण विश्वमा हेर्ने गरिन्छ र यसको दर्शक ग्रीष्मकालीन ओलम्पिक खेलहरु हेर्ने दर्शकको लगभग दुई गुना बढी हुन्छ ।

फुटबलप्रतिको विश्वव्यापी मोह कति छ भन्ने कुरा अन्तर्राष्ट्रिय फुटबल महासंघ ९फिफा० को सदस्य राष्ट्र संख्या १९३ पुगेबाट नै स्पष्ट हुन्छ । जुन संख्या संयुक्त राष्ट्र संघको सदस्य संख्या भन्दा बढी रहेको छ । महिला र पुरुष गरी विश्वका कूल २५ करोड व्यक्तिले फुटबल खेल्ने गर्दछ ।

यो तथ्यांक कुनै पनि प्रतियोगितामा भाग लिने आधिकारिक खेलाडीहरुको संख्याबाट मात्र लिइएको हो । अन्य लाखौं संख्यामा बालक, वृद्ध र युवाहरु स्वस्थ मनोरञ्जनका लागि संसारका हरेक कुनाकाप्चामा दुई टोली बनाएर खेल्ने गरेका छन् ।

फुटबल खेलको उत्पत्ति विश्वको मानचित्र र इतिहासको हरेक कुनाकाप्चामा भेट्न सकिन्छ । यो खेल युगौंदेखि चिनियाँ, जापानी, इजिप्टवासी र एस्सीरीयन्स माझ त्यतिकै प्रचलित थियो ।

सन् १८७१ मा स्कटल्यान्ड र इंग्ल्यान्डबीच सम्पन्न म्याच नै फुटबल इतिहासमा पहिलो अन्तर्राष्ट्रिय म्याच हो । यो खेल दुवै पक्षबाट गोल हुन नसकी बराबरीमा टुंगिएको थियो । सन् १८७१ मा संचालित पहिलो अन्तर्राष्ट्रिय म्याच, इंग्लिस कप हेर्न कूल २ हजार दर्शक मात्र उपस्थित भएका थिए । पछि वृद्धि हुँदै सो कपमा सन् १८८८ मा १७ हजार, १८९३ मा ४५ हजार र १९०१ मा १ लाख १० हजार दर्शक संख्या पुगेको थियो ।

आधुनिक फुटबल शुरु भएको एक शताब्दी भित्रै यो खेल विश्वकै एक मात्र सबैले बुझ्ने र सबैलाई स्वीकार्य संस्कृतिको रुपमा लोकप्रिय भएको हो ।

आजभोलि खेलिने विभिन्न किसिमका फुटबलहरु इंग्ल्याण्डमा खेलका रुपमा विकसित तथा संयोजित भएका हुन् । त्यसबेला नै पश्चिमा देशहरुमा फुटबल यति लोकप्रिय थियो की इंग्ल्याण्डका राजा एडबर्ड द्धितीयाले सन् १३१४ मा तथा हेनरी छैंठोले यो खेलमाथि प्रतिबन्ध नै लगाए। त्यसरी फुटबल खेलमाथि प्रतिबन्ध लगाउनुको कारण फुटबल खेलका कारण सिपाहीको क्षमता जोगाउनु थियो।

त्यसबेला फौजका सिपाहीहरु फुटबल खेलप्रति अति आकर्षित हुने गर्थे । सिपाहीहरु युद्धमा आवश्यक पर्ने सैनिक कला धनु विद्यालाई बेवास्ता गरेर फुटबल तर्फ कोहित थिए । फुटबलले आधुनिक र व्यवस्थित स्वरुप सन् १८६३ मा भएको हो। त्यसै वर्षदेखि इंग्ल्याण्ड फुटबल एसोसिएशनको गठन भयो।

सन् १८७२ मा इंग्ल्याण्ड र स्कटल्याण्डका बीच पहिलो अन्तर्राष्ट्रिय खेल भयो। पछि फुटबल एसोसिएशन कपको शुरुवात भयो। भारतमा डुरंड कप प्रतियोगिता आयोजना गरियो। यो प्रतियोगिता विश्वको दोश्रो आधुनिक फुटबल प्रतियोगिता मानिन्छ। ओलम्पिक खेलमा फुटबल खेल सन् १८९६ देखि समावेश गरियो।

नेपालमा फुटबल

साहित्यकार तथा इतिहासकार डायमण्ड शम्शेरका अनुसार दरबारका नातिले बाजेहरूको आदेशलाई बेवास्ता गरेर सर्वसाधारणलाई पनि फुटबल खेलाउन शुरु गरे ।

लगभग त्यही समय नर एघार टिमको जन्म भएको विश्वास छ। सन् १९३४ मा आएर महावीर एघार, एनआरटी एघार, जावलखेल एघार र जनपक्षीय इन्स्टीच्युट एघारजस्ता टिमको स्थापना भयो। त्यसै वर्ष संस्थागत रूपमा पहिलो फुटबल प्रतियोगिता भएको थियो।

त्यसमा १२ टिम सहभागी थिए र त्यसलाई नर शम्शेरको नेतृत्वमा रहेको जावलाखेल क्लबले पहिलो स्थान हात पारेको थियो। प्रतियोगिताको सफल आयोजना भए पनि त्यसलाई विशेष कारणले सरकारी आदेशमा बन्द गरिएपछि दरबारबाहिर पनि गोप्य रूपमा फुटबल भने भइनै रहृयो।

सन् १९३४ मा नेपालमा पहिलो फुटबल प्रतियोगिता आयोजना गरिएको थियो जसमा कुल १२ टोलीहरूमा प्रवेश गरेकोमा उपाधि भने जावलाखेल युवा क्लबले जितेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?