पाकिस्तानका पूर्व राष्ट्रपतिलाई मृत्युदण्डको सजाय सुनाइयो

काठमाडौं । पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाएको छ । त्यहाँको लाहौर उच्च अदालतले देशद्रोहको मामिलामा मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाएको हो ।

मुशर्रफ अहिले दुबईमा उपचाररत छन् । उनी स्वास्थ्यउपचारका लागि दुबईमा रहेको बेला उनलाई मृत्युदण्ड सुनाइएको हो । केही दिन अघि मुशर्रफले जारी गरेको एक भिडियोमा उनले आफ्नो स्वास्थ्य खराब रहेको भन्दै जाँच आयोगलाई आफ्नो स्थिति हेर्न आग्रह गरेका थिए ।

भिडियोमा उनले संविधानको अपहेलना सम्बन्धी मुद्दामा आफ्नो सुनुवाई नभएको बताएका थिए । उनले भनेका थिए, ‘यो मामिला मेरो विचारमा पूरै निराधार छ, देशद्रोहको कुरा छोड्नुस, मैले देशको सेवा गरेको थिएँ र देशका लागि युद्ध समेत गरेको थिएँ ।’

इस्लामावादको विशेष न्यायालयले ३१ मार्च २०१४ मा देशद्रोहको मामिलामा उनलाई अभियुक्त बनाएको थियो । उनि संविधानको अवहेलनाको मुद्दा चलेको पाकिस्तानका पहिलो हुन् ।

२०१३ को चुनावमा पाकिस्तान मुस्लीम लीग (नवाज शरिफ) सरकारमा आएपछि मुशर्रफविरुद्ध संविधानको अवहेलनामा मुद्दा दायर गरेको थियो ।

पूर्व सैन्य राष्ट्रपतिको विरुद्धमा गम्भीर देशद्रोहको मुद्दा सुनुवाई गर्न विशेष न्यायालयका चार प्रमुखलाई हेरफेर गरिएको थियो ।

त्यसपछि अभियुक्त परवेज मुशर्रफ एकपटकमात्र विशेष न्यायालयमा प्रस्तुत भएका थिए । मार्च २०१६ मा स्वास्थ्य खराब भएको भन्दै मुशर्रफ विदेश गए । उनी फर्केपछि तत्कालीन सत्ताधारी पार्टी मुस्लीम लीगले फेरि विदेश जान नपाउने गरी बन्देज लगाएको थियो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?